शुक्रबार, जेष्ठ ८,२०८३ 10:27:07
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 10:27:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाथीभरा मुक्कुमलुङ केबलकारविरुद्ध पहिचानवादी पुनः आन्दोलित, परियोजना रोक्न ज्ञापनपत्र

Laxmi Sunrise Bank Limited
पाथीभरा मुक्कुमलुङ केबलकारविरुद्ध पहिचानवादी पुनः आन्दोलित, परियोजना रोक्न ज्ञापनपत्र
Shivam Cement

काठमाण्डौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध पहिचानवादी समूहहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले कोशी प्रदेशका अरुणपूर्वका नौ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै परियोजना तत्काल रोक्नुपर्ने माग अघि सारेका छन् ।

Bizshala
New Office
CG Motors

लिम्बूरयाक्थुङ समुदायसँग सम्बन्धित विभिन्न सङ्घर्ष समितिहरूको समन्वयमा बुझाइएको ज्ञापनपत्रमा पाथीभरा मुक्कुमलुङ क्षेत्रलाई उनीहरूको मुन्धुमी, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त पवित्र स्थलका रूपमा व्याख्या गरिएको छ ।  

सो क्षेत्रलाई विकास र पर्यटनको नाममा व्यावसायिक परियोजनामा रूपान्तरण गरिएको भन्दै उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

ज्ञापनपत्रमा २०५३ सालदेखि पाथीभरा क्षेत्रलाई “पाथीभरा” नामकरण गरी सरकारी संरचनामार्फत योजनाबद्ध रूपमा विकास तथा पर्यटन प्रवर्द्धनका नाममा क्रमशः व्यापारिकरण गरिएको आरोप लगाइएको छ ।  

साथै, २०७५ सालमा तात्कालीन  मन्त्रिपरिषद्ले पाथीभरा देवी दर्शन केबलकार परियोजना सञ्चालन गर्न दिएको अनुमति नै विवादास्पद र स्थानीय सरोकारविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरिएको छ ।

पहिचानवादी पक्षले केबलकार निर्माणले धार्मिक आस्था, स्थानीय संस्कृति तथा प्राकृतिक वातावरणमा गम्भीर असर पार्ने दाबी गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

उनीहरूको भनाइमा, मुन्धुमी स्थलको मौलिकता कमजोर पारिनुका साथै स्थानीय समुदायको परम्परागत अधिकार र पहिचानमाथि प्रत्यक्ष हस्तक्षेप भइरहेको छ ।

कोशी प्रदेशका ९ जिल्लामा सक्रिय लिम्बूवान जिल्ला स्तरीय अन्तरदलीय सङ्घर्ष समितिको नेतृत्वमा पहिलो चरणको आन्दोलनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाइएको हो ।  

उनीहरूले परियोजना पूर्ण रूपमा खारेज गर्नुपर्ने र स्थानीय समुदायको सहमति बिना कुनै पनि विकास गतिविधि अघि नबढाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

यसअघि नयाँ सरकार गठनसँगै केबलकार परियोजना रोक्ने आश्वासन पाएको दाबी गर्दै आन्दोलन केही समय शान्त भएको थियो ।  

साथै, निर्माणस्थलमा रहेको सशस्त्र प्रहरी बेसक्याम्प हटाइने भनिए पनि व्यवहारमा कुनै परिवर्तन नदेखिएको भन्दै उनीहरूले पुनः असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलनकारीहरू फेरि सक्रिय बनेका छन्, जसले पाथीभरा केबलकार परियोजनालाई लिएर जारी विवाद थप चर्किने संकेत देखिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.