शनिबार, श्रावण ३०,२०८३ 10:28:22
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 10:28:22
Bizshala
Global IME Bank Limited

कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे ५ करोड माथि क्लोजआउट, जरिवानाबाट कसरी जोगिने ?

Prabhu Bank Limited
कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे ५ करोड माथि क्लोजआउट, जरिवानाबाट कसरी जोगिने ?
New Office

काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सीडीएसीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लगानीकर्ताहरुले क्लोजआउट बापत ५ करोड १ लाख ९१ हजार जरिवाना तिरेका छन् । लगानीकर्ताले समयमै सेयर हस्तान्त्रण नगर्दा आफूले बेचेको  कुल सेयर रकमको २० प्रतिशत जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको छ ।  

सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

त्यसैले ‘मेरो सेयर’ मा आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने एकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन् । जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनिसकेको छ । ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन् ।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ । प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या यथावत् नै रहेको देखिन्छ ।  

CG Motors

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउट बापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी जरिवाना तिरेका थिए। आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउट बापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवना तिरेका थिए । तर हाल क्लोजआउट बापतको जरिवनामा भने कही कमी आएको छ ।  

कसरी सकिन्छ जोगिन ?

खासगरी क्लोजआउट सेयरधनीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो । अहिले सीडीएससीले टी प्लस २ को सेटलमेन्ट व्यवस्था गरेको छ । यो नियमअनुसार सेयरधनीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ । अन्यथा, बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ । तर, तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गरियो भने यस्तो जरिवानाबाट बच्न सकिन्छ ।  

सबैभन्दा पहिले सेयरधनीले मेरो सेयरमा भएको संख्या अनुसार नै सेयर बेच्ने गर्नुपर्छ । टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ । अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो । यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ ।

क्लोआउटबाट बच्ने दोस्रो उपाय भनेकोे दैनिक एउटा नोट बनाउनु हो । सेयर कारोबार गर्नेले हरेक दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राख्ने बानी बसाल्नुपर्छ । र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न भुल्नु हँदैन ।  

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राख्नुपर्छ । आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गर्न सकिन्छ । यदि सेयरधनी विदेशमा छ भने भने अनिवार्य रुपमा आफ्नो कारोबारलाई ई–मेल गर्न लगाउनु पर्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.