बिहीबार, असार ११,२०८३ 01:29:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:29:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल बन्यो ‘सबैभन्दा आकर्षक गन्तव्य’

Laxmi Sunrise Bank Limited
अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल बन्यो ‘सबैभन्दा आकर्षक गन्तव्य’

काठमाण्डौं । नेपालले चीनको प्रतिष्ठित अन्तरराष्ट्रिय पर्यटन मञ्चमा ठूलो उपलब्धि हासिल गरेको छ ।  

चीनमा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान प्रदान गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपालको हिमाली प्राकृतिक सौन्दर्य, बौद्ध तथा हिन्दू धार्मिक सम्पदा, सांस्कृतिक विविधता र साहसिक पर्यटनको अन्तरराष्ट्रिय आकर्षणलाई आधार मान्दै उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्ड ले जनाएको छ ।

चीनको ग्वाङ्झाउ मा मे २१ देखि २३ सम्म आयोजित पर्यटन मेलामा नेपालले ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ भन्ने नारासहित सहभागिता जनाएको थियो ।  

मेलामा नेपालले धार्मिक, सांस्कृतिक, साहसिक, वेलनेस, हिमाली तथा लक्जरी पर्यटनका विविध सम्भावनालाई अन्तरराष्ट्रिय बजारमा प्रस्तुत गरेको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार ग्वाङ्झाउ क्षेत्र नेपाली पर्यटन उद्योगका लागि अत्यन्त सम्भावनायुक्त बजारका रूपमा उदाइरहेको छ ।  

हङकङ र ‘ग्रेटर बे एरिया’ नजिक रहेको ग्वाङ्झाउ चीनको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न यो क्षेत्र रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

विशेषगरी पछिल्ला वर्षहरूमा चिनियाँ पर्यटकहरू हिमाली अनुभव, बौद्ध तीर्थयात्रा, योग–ध्यान, वेलनेस तथा लक्जरी पर्यटनतर्फ आकर्षित भइरहेको बोर्डले जनाएको छ ।  

यही कारण नेपालले आफ्नो पर्यटन प्रवर्द्धन रणनीतिलाई अब परम्परागत ट्रेकिङभन्दा बाहिर लगेर आध्यात्मिक र उच्चस्तरीय पर्यटन बजारतर्फ केन्द्रित गर्न थालेको संकेत पनि मेलाबाट देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेलाको उद्घाटन समारोहमा नेपाली सांस्कृतिक नृत्य तथा ‘डेस्टिनेसन नेपाल’ विषयक विशेष प्रस्तुति गरिएको थियो ।  

कार्यक्रममा नेपालको कला, संस्कृति, हिमाली सभ्यता र आध्यात्मिक पर्यटनबारे चिनियाँ तथा अन्तरराष्ट्रिय सहभागीलाई जानकारी गराइएको थियो ।

उद्घाटन सत्रमा विमल कँडेल ले नेपालको पर्यटन सम्भावना, नयाँ गन्तव्य र अन्तरराष्ट्रिय प्रवर्द्धन रणनीतिबारे प्रस्तुति दिएका थिए ।

उनले पर्यटन बजार विस्तारसम्बन्धी अन्तरराष्ट्रिय प्यानल छलफलमा समेत नेपालको प्रतिनिधित्व गरेका थिए ।

मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए ।  

उनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी विभिन्न पर्यटन प्याकेज चिनियाँ तथा अन्तरराष्ट्रिय ट्राभल ट्रेड व्यवसायीसमक्ष प्रस्तुत गरेका थिए ।

हाल नेपाल वायुसेवा निगम र China Southern Airlines ले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् ।  

पर्यटन बोर्डले प्रत्यक्ष हवाई सम्पर्क विस्तारसँगै चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ ।

पर्यटन क्षेत्रका जानकारहरूले यस्तो अन्तरराष्ट्रिय मान्यता नेपालका लागि केवल पुरस्कार मात्र नभई विश्व पर्यटन बजारमा नेपालको ब्रान्डिङ बलियो बनाउने अवसरका रूपमा समेत हेरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.