सोमबार, जेष्ठ ११,२०८३ 04:48:50
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 04:48:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

परराष्ट्रमन्त्री शिशिर खनालद्वारा नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन आग्रह

Laxmi Sunrise Bank Limited
परराष्ट्रमन्त्री शिशिर खनालद्वारा नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन आग्रह
Shivam Cement

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन सदस्य राष्ट्रहरूसँग औपचारिक रूपमा सहयोग मागेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालले नागरिक उड्डयन सुरक्षामा हासिल गरेको प्रगति र कार्यान्वयन भइरहेका सुधार कार्यक्रमलाई ध्यान दिन आग्रह गरेका हुन्।

नेपाल लामो समयदेखि ईयूको हवाई सुरक्षा सूचीमा रहँदै आएको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीहरूलाई युरोपेली आकाशमा प्रत्यक्ष उडान सञ्चालन गर्न रोक लाग्दै आएको छ। पछिल्ला वर्षहरूमा नेपालले विमानस्थल पूर्वाधार, नियामक सुधार र उडान सुरक्षा मापदण्डमा सुधार गरे पनि सूचीबाट हट्ने प्रक्रिया अझै पूरा हुन सकेको छैन।

Bizshala
New Office
CG Motors

भेटका क्रममा मन्त्री खनालले नेपाल–ईयू सम्बन्धलाई विकास साझेदारीबाट अघि बढाएर व्यापार, लगानी, जलवायु कार्य, शिक्षा र प्रविधि सहकार्यतर्फ लैजानुपर्नेमा जोड दिए। उनले सरकारको प्राथमिकता तीव्र आर्थिक वृद्धि, चुस्त सार्वजनिक सेवा प्रवाह तथा भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ रहेको स्पष्ट पारे।

नेपालले विशेष गरी जलविद्युत्, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रमा युरोपेली लगानी आकर्षित गर्ने रणनीति अघि बढाइरहेको सन्देश पनि उनले दिएका थिए। लगानी सहजीकरण, निर्यात प्रतिस्पर्धात्मकता र नवप्रवर्तन प्रवर्द्धनका लागि आर्थिक सुधारहरू जारी रहेको उनको भनाइ थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थन पुनः पुष्टि गर्न भ्रमण आयोजना गरिएको बताइन्। 

उनले सुशासन, डिजिटलाइजेसन तथा संस्थागत क्षमता अभिवृद्धिमा ईयूले आफ्नो अनुभव नेपालसँग साझा गर्न इच्छुक रहेको उल्लेख गरिन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.