मंगलवार, जेष्ठ १२,२०८३ 11:59:34
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 11:59:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

करको भारी जनतामाथि, ढुकुटीचाहिँ रित्तिँदै

Laxmi Sunrise Bank Limited
करको भारी जनतामाथि, ढुकुटीचाहिँ रित्तिँदै
Shivam Cement

काठमाण्डौं । नेपालमा करका प्रकार र दर दुवै उच्च भइरहेका बेला सरकारको ढुकुटी भने झन् कमजोर बन्दै गएको देखिएको छ ।  

आयकरदेखि भ्याट, भन्सार, अन्तःशुल्क, डिजिटल सेवा कर, शिक्षा सेवा कर, स्वास्थ्य जोखिम कर र हरित करसम्म डेढ दर्जनभन्दा बढी शीर्षकमा कर उठाइँदा पनि राज्यको वित्तीय अवस्था दबाबमा परेको हो ।

 

Bizshala
New Office
CG Motors

विशेषगरी उपभोगमा आधारित अप्रत्यक्ष करको भार सर्वसाधारणमाथि बढी परेको गुनासो बढ्दै गएको छ ।

दैनिक उपभोगका अधिकांश वस्तुमा भ्याट र अन्य शुल्क जोडिँदा बजार मूल्य महँगो बन्दै गएको छ भने नागरिकले तिरेको करअनुसार सेवा सुविधा नपाएको आलोचना पनि चर्किएको छ ।

कर प्रशासनका जानकार एवं पूर्वसचिव लक्ष्मण अर्यालका अनुसार राजस्वको आकारका हिसाबले नेपाल दक्षिण एसियामै उच्च कर उठाउने मुलुकमध्ये पर्छ ।  

उनले धेरै प्रकारका करले प्रणाली जटिल बनेको भन्दै कर संरचना सरलीकरण र दर पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

अर्थ मन्त्रालयको आर्थिक स्थितिपत्रअनुसार पछिल्ला वर्षमा आर्थिक गतिविधि सुस्त बन्दा राजस्व वृद्धिदर कमजोर बनेको छ ।

कोभिडपछि राजस्व संकलनको गति घट्दै गएको छ भने सरकारी खर्च र दायित्व लगातार बढिरहेका छन् ।

उच्च कर असुली हुँदाहुँदै पनि संघीय सरकारको सञ्चित कोष ऋणात्मक अवस्थामा पुगेको छ ।  

बढ्दो चालू खर्च, ऋणको भार, बहुवर्षीय ठेक्काको भुक्तानी दायित्व र कमजोर राजस्व वृद्धिले सरकारको वित्तीय स्थायित्वमाथि दबाब बढाएको विश्लेषण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.