मंगलवार, आश्विन २०,२०८३ 01:45:16
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 01:45:16
Bizshala
Global IME Bank Limited

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल

Bizshala
सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, संसदीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल
New Office

 

काठमाण्डौ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच मंगलबार भेटवार्ता भएको छ ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ पक्षबीच नेपाल–चीन सम्बन्ध, जनस्तरको मित्रता तथा संसदीय सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख अर्यालले नेपाल र चीनबीचको सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान र पञ्चशीलका सिद्धान्तमा आधारित रहेको उल्लेख गरे ।

उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे ।

सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबीचको विकास सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भेटका क्रममा उनले हालै रसुवामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरे ।

विपद्का बेला चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज–उद्धारका लागि उपलब्ध गराइएको सहयोगप्रति पनि सभामुख अर्यालले धन्यवाद दिएका छन् ।

चीन सरकारले खोज तथा उद्धारका लागि सुरुङ उद्धार टोली, फरेन्सिक तथा डीएनए विशेषज्ञ, ड्रोनलगायत उपकरण उपलब्ध गराएको सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले नेपाल र चीनबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तरसंसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

भेटवार्तामा दुई देशबीचको मित्रवत् सम्बन्धलाई संसदीय तहमा समेत थप विस्तार गर्दै सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.