बुधबार, असार १०,२०८३ 08:18:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:18:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संसदमा नयाँ विवाद : फोटो खिचेको निहुँमा सांसदलाई बैठक कक्षबाट लसगयो बाहिर

Laxmi Sunrise Bank Limited
संसदमा नयाँ विवाद : फोटो खिचेको निहुँमा सांसदलाई बैठक कक्षबाट लसगयो बाहिर

काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालको स्पष्ट आदेशबिनै प्रतिनिधिसभा बैठक कक्षमा मर्यादापालक सक्रिय भएपछि संसदभित्र नयाँ विवाद उत्पन्न भएको छ ।  

गीताकुमारी सेन्दाङलाई बैठकको फोटो तथा भिडिओ खिचेको भन्दै मर्यादापालकहरूले बाहिर लगेर सामग्री डिलिट गर्न लगाएको घटना सार्वजनिक भएको हो ।

New Office
CG Motors
Garima Development Bank

सांसद सेन्दाङले आफूलाई बैठक कक्षमा फोटो खिच्न निषेध रहेको जानकारी नभएको बताउँदै मर्यादापालकले बाहिर लगेर भिडिओ हटाउन आग्रह गरेपछि आफूले डिलिट गरेको बताएकी छन् ।  

त्यसपछि उनी पुनः बैठकमा फर्किएकी थिइन् ।

प्रतिनिधिसभा बैठकभित्र फोटो वा भिडिओ खिच्न नपाइने व्यवस्था भएपनि सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्ने अधिकार सभामुखको आदेशपछि मात्रै प्रयोग गर्न मिल्ने संसदीय व्यवस्था छ ।  

तर, यस घटनामा सभामुखले औपचारिक रूपमा कुनै रुलिङ गरेको अभिलेख नरहेको बताइएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ३१ अनुसार सभामुखले सांसदलाई पहिला सचेत गराउने र निर्देशन नमानेको अवस्थामा मात्रै मर्यादापालक परिचालन गर्न सक्ने प्रावधान छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यही कारण घटनाले मर्यादापालकको अधिकार सीमामाथि प्रश्न उठाएको छ ।

यद्यपि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भने मर्यादापालकहरू सभामुखसँग समन्वय गरेरै परिचालित भएको दाबी गरेका छन् ।  

उनका अनुसार बैठकको गतिविधि रेकर्ड गरिएको जानकारी पाएपछि भिडिओ हटाउन लगाइएको थियो ।

घटनापछि संसदभित्र सांसदको आचरण, बैठक कक्षको अनुशासन र मर्यादापालकको भूमिकाबारे नयाँ बहस शुरु भएको छ ।  

केही सांसदहरूले यसलाई संसदीय अधिकार र मर्यादाको सीमारेखासँग जोडेर पनि हेर्न थालेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.