बुधबार, असार १०,२०८३ 06:14:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:14:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि

Laxmi Sunrise Bank Limited
पूर्वगृहमन्त्री गुरुङ प्रकरण निर्णायक मोडमा, छानबिन समितिले बोलायो बयानका लागि

काठमाण्डौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेको सम्पत्ति, जग्गा स्वामित्व र सेयर लगानीसम्बन्धी विवाद अहिले सरकारकै लागि संवेदनशील राजनीतिक परीक्षण बन्दै गएको छ ।  

उनीमाथिको छानबिन तीव्र पार्दै सरकारी समितिले अब बयान प्रक्रियातर्फ अघि बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

स्रोतका अनुसार समितिले बुधबार गुरुङसँग औपचारिक बयान लिने तयारी गरेको छ ।

सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन् ।  

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

समितिले हाल स्टक एक्सचेन्ज कारोबार, बैंकिङ विवरण, जग्गा स्वामित्व, सम्पत्ति स्रोत र सेयर लगानीसम्बन्धी विभिन्न कागजात अध्ययन गरिरहेको जनाएको छ ।

केही थप प्रतिवेदन र आर्थिक विवरण माग गरिएको स्रोतले बताएको छ ।  

समितिका अध्यक्ष भण्डारीका अनुसार अहिले प्रमाण संकलन, कागजात विश्लेषण र वित्तीय विवरण मिलानको काम भइरहेको छ ।

सुधन गुरुङ चैत १३ गते गृहमन्त्री बनेका थिए । तर, सार्वजनिक गरिएको सम्पत्ति विवरणमै कानूनी हदबन्दीभन्दा बढी जग्गा देखिएको विषय बाहिरिएपछि उनी विवादमा तानिएका थिए ।

त्यसपछि उनीमाथि राजनीतिक र सार्वजनिक दबाब बढ्दै गएको थियो ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्ततः वैशाख ९ गते उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

गुरुङमाथि उठेको अर्को गम्भीर प्रश्न भने हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा रहेको सेयर लगानी हो । 

अस्वाभाविक सम्पत्ति आर्जनको आरोप खेपिरहेका व्यक्तिसँगको आर्थिक सम्बन्ध र लगानी संरचनालाई लिएर अहिले समिति केन्द्रित रूपमा अनुसन्धान गरिरहेको छ ।  

यही सेयर कारोबार र सम्पत्ति स्रोतको वैधानिकतामाथि मुख्य रूपमा छानबिन भइरहेको जनाइएको छ ।

समितिका सदस्यहरूका अनुसार अनुसन्धान केवल सम्पत्ति विवरणमा सीमित छैन, सम्पत्तिको स्रोत, कारोबारको प्रकृति, सेयर संरचना र आर्थिक पहुँचसम्म अध्ययन भइरहेको छ ।  

“हामीलाई दिइएको कार्यादेशभित्र रहेर प्रमाणमा आधारित निष्कर्ष निकाल्ने तयारी भइरहेको छ,” समितिसम्बद्ध एक सदस्यले बताएका छन् ।

पछिल्लो समय उच्च राजनीतिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति, व्यावसायिक सम्बन्ध र आर्थिक पहुँचबारे सार्वजनिक निगरानी बढिरहेका बेला गुरुङ प्रकरणलाई सुशासन, राजनीतिक नैतिकता र पारदर्शिताको महत्वपूर्ण केसका रूपमा हेरिएको छ ।  

समितिको प्रतिवेदनले केवल एक पूर्वगृहमन्त्रीको भविष्य मात्र होइन, सरकारको सुशासन प्रतिबद्धताको विश्वसनीयतामाथि पनि प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.