मंगलवार, श्रावण १९,२०८३ 08:03:01
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:03:01
Bizshala
Global IME Bank Limited

भदौ २३ र २४ गतेको घटनामा ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता : मानव अधिकार आयोग

भदौ २३ र २४ गतेको घटनामा ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता : मानव अधिकार आयोग
New Office

काठमाण्डौं । भदौ २३ र २४ गते भएका घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी ओली सहित तत्कालीन सरकारका उच्च तहका नेतामाथि मानव अधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको छ ।  

आयोगको सिफारिस बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको बताइएको छ ।  यसले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । 

आयोगले पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ लाई पनि मानव अधिकार उल्लंघनमा संलग्न ठहर गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा आयोगले यस्तो निर्णय गरेको हो ।  

झन्डै ६ महिनासम्म अनुसन्धान गरेर तयार पारिएको एक हजार पृष्ठभन्दा लामो प्रतिवेदनले तात्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ ।

आयोगले संविधानको धारा २४९ अनुसार मानव अधिकार उल्लंघनमा संलग्न व्यक्तिमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरिसकेको जनाएको छ ।  

विशेष कुरा के भने, आयोगले अहिलेको कानूनी संरचनामा यस्ता घटनामा प्रत्यक्ष सजाय दिने स्पष्ट कानून नभएको औंल्याउँदै नयाँ कानून निर्माण गरेर भएपनि कारबाही गर्नुपर्ने धारणा अघि सारेको छ ।  

आयोगले सर्वोच्च अदालतबाट पश्चातदर्शी कानूनमार्फत पनि मानव अधिकार उल्लंघनका घटनामा कारबाही गर्न सकिने सिद्धान्त स्थापित भइसकेको उल्लेख गरेको छ ।

आयोगले प्रस्ताव गरेको कानुनी ढाँचाअनुसार मानव अधिकार उल्लंघनमा दोषी ठहरिएका व्यक्तिलाई बढीमा ६ महिना कैद, ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गर्न सुझाव दिएको छ ।  

यस्ता मुद्दा विशेष अदालतबाट सुनुवाइ हुने व्यवस्था गर्न पनि आयोगले सरकारलाई सिफारिस गरेको छ ।

त्यसैगरी आयोगले मानव अधिकार उल्लंघनमा दोषी ठहरिएका व्यक्तिलाई कम्तीमा ५ वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न वा राजनीतिक नियुक्ति पाउन रोक लगाउने प्रस्ताव गरेको छ ।  

साथै ३ वर्षसम्म प्रशासनिक जिम्मेवारी नदिन, विदेश भ्रमणमा प्रतिबन्ध लगाउन र मुद्दा दर्ता भएलगत्तै सार्वजनिक पदबाट स्वतः निलम्बन हुने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

यद्यपि आयोगले गम्भीर प्रकृतिबाहेकका घटनामा पीडितको सहमति, सार्वजनिक माफी र उचित क्षतिपूर्तिको आधारमा क्षमादान वा सजायमा छुट दिन सकिने व्यवस्था राख्न पनि सरकारलाई सुझाव दिएको छ ।

आयोगले तत्कालीन सुरक्षा निकायका केही उच्च अधिकारीमाथि समेत कारबाही सिफारिस गरेको जनाएको छ ।  

पछिल्लो निर्णयलाई केवल एउटा घटनाको अनुसन्धान नभई राज्य शक्ति, राजनीतिक उत्तरदायित्व र मानव अधिकार संरक्षणबीचको सम्बन्धलाई पुनः बहसमा ल्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार आयोगको यो निर्णयले भविष्यमा सरकार, सुरक्षा निकाय र राजनीतिक नेतृत्वमाथि मानव अधिकारसम्बन्धी जवाफदेहिता थप कडा बनाउन दबाब सिर्जना गर्न सक्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.