मंगलवार, श्रावण १९,२०८३ 09:21:09
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:21:09
Bizshala
Global IME Bank Limited

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा विस्फोटक वृद्धि, १० महिनामै १ खर्ब ८१ अर्बको इन्धन आयात

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा विस्फोटक वृद्धि, १० महिनामै १ खर्ब ८१ अर्बको इन्धन आयात
New Office

काठमाण्डौं । नेपालको अर्थतन्त्र अझै पेट्रोलियम पदार्थमाथिको उच्च निर्भरताबाट मुक्त हुन नसकेको तथ्य वीरगञ्ज नाकाको पछिल्लो आयात तथ्यांकले फेरि उजागर गरेको छ ।  

चालू आर्थिक वर्षको पहिलो १० महिनामै वीरगञ्ज नाका हुँदै मात्रै १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । 

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् १६.३५ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो १० महिनामा १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।  

यसवर्ष आयात रकममा देखिएको तीव्र वृद्धिले नेपालमा ऊर्जा खपत र आयात निर्भरता झन् बढ्दै गएको संकेत गरेको विश्लेषण भइरहेको छ ।

विशेषगरी डिजेलको आयात सबैभन्दा ठूलो हिस्सामा रहेको छ ।

चालू आर्थिक वर्षको १० महिनामा मात्रै १ खर्ब ५७ करोड रुपैयाँ बराबरको ८ लाख ९५ हजार २ सय ४६ किलोलिटर डिजेल आयात भएको छ ।  

गत वर्ष सोही अवधिमा ७९ अर्ब ५७ करोड रुपैयाँ बराबरको ९ लाख ८ सय ५७ किलोलिटर डिजेल आयात भएको थियो ।

यस्तै पेट्रोलतर्फ ३५ अर्ब ७९ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार ६ सय १५ किलोलिटर पेट्रोल आयात भएको छ ।  

अघिल्लो वर्षको यही अवधिमा ३१ अर्ब ७१ करोड रुपैयाँ बराबरको ३ लाख ६७ हजार ३ सय ४४ किलोलिटर पेट्रोल आयात भएको थियो ।

एलपी ग्यासको आयात रकम भने केही घटेको देखिएको छ ।  

चालू आर्थिक वर्षको १० महिनामा २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको २४ करोड २७ लाख ३ हजार १ सय ५० किलोग्राम एलपी ग्यास आयात भएको छ ।

गत वर्ष यही अवधिमा ३० अर्ब २८ करोड रुपैयाँ बराबरको २६ करोड ४१ लाख १४ हजार ३ सय २६ किलोग्राम एलपी ग्यास आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयातबाट मात्रै चालू आर्थिक वर्षको १० महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।  

यसले सरकारको राजस्व प्रणालीमा पेट्रोलियम आयातको ठूलो योगदान देखाए पनि अर्कोतर्फ मुलुकको विदेशी मुद्रा बाहिरिने क्रम पनि तीव्र बनेको संकेत गरेको छ ।

अर्थविश्लेषकहरूका अनुसार नेपालले विद्युत उत्पादनमा उल्लेख्य प्रगति गरे पनि यातायात, उद्योग र घरेलु उपभोगमा पेट्रोलियम निर्भरता अझै घट्न सकेको छैन ।  

विशेषगरी डिजेल र पेट्रोलको उच्च आयातले मुलुकको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमाथि दीर्घकालीन दबाब सिर्जना गरिरहेको उनीहरूको भनाइ छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढे पनि पेट्रोलियम आयातमा उल्लेखनीय कमी नआउनुले सार्वजनिक यातायात, औद्योगिक क्षेत्र र निर्माण गतिविधि अझै जीवाश्म इन्धनमै आधारित रहेको देखिएको छ ।

विश्लेषकहरूले अब ऊर्जा सुरक्षाका लागि विद्युतिय यातायात विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन, सार्वजनिक यातायात सुधार तथा औद्योगिक क्षेत्रमा स्वदेशी ऊर्जा प्रयोग बढाउन नसके पेट्रोलियम आयातले अर्थतन्त्रमा निरन्तर दबाब सिर्जना गरिरहने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.