शुक्रबार, असार २६,२०८३ 05:13:05
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 05:13:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० महिनामा पोलिसी सरेण्डरमार्फत बाहिरियो रु.११.६० अर्ब, नवीकरण नभएको बीमालेख १२ लाखमाथि

Laxmi Sunrise Bank Limited
१० महिनामा पोलिसी सरेण्डरमार्फत बाहिरियो रु.११.६० अर्ब, नवीकरण नभएको बीमालेख १२ लाखमाथि

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत साढे ११ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबारको पोलिसी सरेण्डर भएको थियो ।  

यता सरेण्डर भएको पोलिसी संख्या समेत गत आवको तुलनामा १३.७२ प्रतिशत कम भएको छ । गत आवको वैशाख मसान्तसम्म बीमकहरुबाट कुल ८८ हजार ६३५ वटा पोलिसी त्याग भएकोमा चालु आवको सोही अवधिसम्म ७६ हजार ४७७ वटा मात्रै पोलिसी सरेण्डर भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

पछिल्लो समय जीवन बीमा कम्पनी र नियामक निकाय नेपाल बीमा प्राधिकरणले सरेण्डरदर घटाउन विभिन्न खालका सचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन् । फलस्वरुप पछिल्लो समय बीमा पोलिसी समर्पण गर्ने वा सरेण्डर गर्नेको संख्या र रकममा सुधार भएको देखिन्छ ।  

यता सरेण्डरदरको अवस्थामा क्रमिक सुधार देखिन थालेपनि जीवन बीमा कम्पनीहरुमा व्यतित हुने बीमालेख रकम भने बढेको देखिएको छ । पोलिसी नवीकरण नहुनु पनि जीवन बीमा कम्पनीहरुको मुख्य समस्याको रुपमा छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म जीवन बीमा कम्पनीहरुमा व्यतित भएको बीमालेखको रकम ३९ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको तुलनामा ६.८३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यस्तो रकम ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेको थियो ।  

नवीकरण नभएको पोलिसी रकम बढेपनि संख्या भने सामान्य घटेको देखिएको छ । वैशाखसम्म नवीकरण नभएको पोलिसी संख्या १२ लाख २४ हजार ४६५ कायम भएको छ । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ५४ हजार ४७८ रहेको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.