शनिबार, असार १३,२०८३ 05:34:39
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:34:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु

Laxmi Sunrise Bank Limited
मुस्ताङमा लेक लागेर १३ जनाको मृत्यु

काठमाण्डौ । हिमाली जिल्ला मुस्ताङमा धार्मिक तथा पर्यटकीय गतिविधि बढ्दै जाँदा उच्च उचाइका कारण हुने स्वास्थ्य समस्या पनि चुनौतीका रूपमा देखिएको छ। चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर १३ जना पर्यटकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमध्ये ४ जना नेपाली र ९ जना विदेशी पर्यटक रहेका छन्। अधिकांश पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए। उनीहरूलाई उच्च उचाइको असर देखिएपछि उपचारका लागि जोमसोम अस्पताल पुर्याइए पनि ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

विशेषज्ञहरूका अनुसार समथर भूभागबाट छोटो समयमै तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा पुग्दा शरीरले पर्याप्त रूपमा वातावरणसँग अनुकूलन गर्न नसक्दा लेक लाग्ने जोखिम बढ्छ। मुस्ताङ आउने पर्यटकमध्ये ज्येष्ठ नागरिक, दीर्घरोगी तथा शारीरिक रूपमा कमजोर व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको छ।

पर्यटन व्यवसायीहरूका अनुसार पछिल्ला वर्षहरूमा सडक पहुँच विस्तारसँगै धेरै पर्यटक एकै दिनमा मुक्तिनाथ पुग्ने प्रवृत्ति बढेको छ। यसले यात्राको अवधि छोट्याए पनि शरीरलाई उचाइसँग घुलमिल हुने समय नदिँदा स्वास्थ्य जोखिम बढाएको छ। स्वास्थ्यकर्मीहरूले सुरक्षित यात्राका लागि क्रमिक रूपमा उचाइ बढाउने, बीच–बीचमा विश्राम गर्ने र स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्न सुझाव दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लेक लाग्ने घटनालाई न्यूनीकरण गर्न प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), स्थानीय तह तथा सुरक्षा निकायले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

घाँसादेखि मुक्तिनाथसम्म चेतनामूलक साइनबोर्ड राखिनुका साथै पर्यटकलाई सूचना सामग्री वितरण गर्ने काम भइरहेको छ।

यस्तै, मुक्तिक्षेत्र क्षेत्रका होटलहरूमा पोर्टेबल अक्सिजन सिलिन्डर र प्राथमिक उपचार सामग्रीको व्यवस्था गरिएको छ। मुक्तिनाथ मन्दिर परिसरमा सञ्चालित हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमार्फत पर्यटकलाई आकस्मिक स्वास्थ्य सेवा पनि उपलब्ध गराइँदै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.