काठमाण्डौ । निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सामान्य बिरामीको आकस्मिक सेवाअन्तर्गत उपचार गरेमा दाबी भुक्तानी नपाउने भएका छन् ।
स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरुका लागि पत्र जारी गर्दै सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरुको भुक्तानी नगरिने जनाएको छ ।
साथै बोर्डले गत जेठ १२ गते निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई प्रेषित पत्रबारे अवगत गराउँदै उक्त निर्णय कार्यान्वयनका क्रममा कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक परेमा मात्रै त्यस्तो सेवा प्रदान गर्न अनुरोध गरेको छ ।
आकस्मिक बिरामीलार्य उपचारको क्रममा भर्ना र शल्यक्रिया समेत आवश्यक पर्ने भएमा उपचार पद्धतीअनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने बोर्डले जनाएको छ ।
गत जेठ १२ गते स्वास्थ्य बीमा बोर्डले वित्तीय संकटलाई ध्यानमा राख्दै निजी अस्पतालबाट आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।