काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्।
नवनियुक्त तीनै सदस्यले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत व्यवस्थापन, प्रभावकारी कार्यान्वयन तथा सेवा विस्तारमा बोर्डको महत्वपूर्ण भूमिका रहने गर्छ।
नवनियुक्त सदस्यहरूबाट स्वास्थ्य बीमा प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।