मंगलवार, श्रावण ५,२०८३ 10:34:33
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:34:33
Bizshala
Global IME Bank Limited

गण्डकीको नीति कार्यक्रममा खेलकुदका पुरानै कार्यक्रमलाई निरन्तरता, खेल पूर्वाधार र खेलाडी प्रोत्साहन प्राथमिकतामा

गण्डकीको नीति कार्यक्रममा खेलकुदका पुरानै कार्यक्रमलाई निरन्तरता, खेल पूर्वाधार र खेलाडी प्रोत्साहन प्राथमिकतामा
New Office

काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रका पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ।  

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति कार्यक्रममा खेलाडी प्रोत्साहन, खेल पूर्वाधार विकास, प्रतीभा पहिचान र प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।

सरकारले ओलम्पियन तथा राष्ट्रिय खेलाडीलाई दिँदै आएको सहयोग, भत्ता र प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

‘खेल्छ गण्डकी’ कार्यक्रम, जुनियर खेलकुद, प्रशिक्षण, छात्रवृत्ति तथा डिजिटल खेलाडी प्रोफाइल प्रणाली ‘गण्डकी गौरव’ अवधारणालाई पनि अघि बढाइने उल्लेख छ।

यद्यपि, खेल क्षेत्रका सरोकारवालाले अधिकांश कार्यक्रम विगतकै दोहोरिएको र कार्यान्वयन कमजोर रहेको टिप्पणी गरेका छन्।  

 

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा क्रिकेट रंगशाला निर्माणजस्ता योजना वर्षौँदेखि नीति कार्यक्रममा परेपनि पर्याप्त बजेट अभावका कारण कार्यान्वयन हुन नसकेको बताएका छन्।

नीति कार्यक्रममा प्रत्येक जिल्लामा खेल पूर्वाधार, कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माण तथा खेल पर्यटन प्रवर्द्धनको योजना समेटिए पनि यस्ता कार्यक्रम अघिल्ला वर्षदेखि दोहोरिँदै आएको उल्लेख गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.