बुधबार, असार १०,२०८३ 05:37:20
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:37:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा

Laxmi Sunrise Bank Limited
अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा

काठमाण्डौ । अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिज हर्जोग र लुई लचेनलको सहितको टोलीले अन्नपूर्णको शिखरमा पहिलो पटक मानव पाइला राख्दै नयाँ अध्याय लेखेका थिए।

New Office
CG Motors
Garima Development Bank

८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो सफल आरोहण भएको शिखर हो। यही कारण यसलाई पर्वतारोहण जगतमा ‘जेठो हिमाल’का रूपमा चिनिन्छ। अन्नपूर्णको सफल आरोहणले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनको केन्द्रका रूपमा चिनाउने आधार तयार पारेको मानिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्नपूर्ण आरोहणको ७६औँ वर्षगाँठका अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन्। हिमालको आधार शिविर रहेको म्याग्दीको नारच्याङदेखि आधार शिविरसम्म दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिएको छ। 

यससँगै कास्की र लमजुङका स्थानीय तहहरूले पदमार्ग प्रवर्द्धन तथा साहसिक पर्यटन विकासलाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.