बुधबार, असार १०,२०८३ 12:29:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:29:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मनसुन र पर्यटकीय अफसिजनले जोमसोम हवाई सेवा रोकियो, तारा र समिट एयरको पोखरा–जोमसोम उडान अस्थायी रूपमा बन्द

Laxmi Sunrise Bank Limited
मनसुन र पर्यटकीय अफसिजनले जोमसोम हवाई सेवा रोकियो, तारा र समिट एयरको पोखरा–जोमसोम उडान अस्थायी रूपमा बन्द

काठमाण्डौं । पोखरा–जोमसोम नियमित हवाई सेवा अस्थायी रूपमा बन्द गरिएको छ।  

तारा एयरलाइन्स र समिट एयरलाइन्सले बर्खायाम, मनसुनको प्रतिकूल मौसम र पर्यटकीय सिजन सुस्त भएकाले करिब तीन महिनाका लागि उडान रोकिएको जनाएका छन्।

 

New Office
CG Motors
Garima Development Bank

जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार मे २२ देखि तारा एयर र जुन २ देखि समिट एयरले उडान सेवा स्थगित गरेका हुन्।  

यात्रु संख्या घट्नु र मौसम जोखिम बढ्नु मुख्य कारण रहेको उनले बताए।

पोखरा–जोमसोम रुटमा पर्यटकीय सिजनमा दैनिक औसत १० वटा उडान हुने गरेको थियो, जसबाट करिब १५० पर्यटक दैनिक मुस्ताङ आउने गरेका थिए।  

तर, अफसिजन शुरु भएसँगै यात्रु चाप घटेपछि नियमित सेवा रोकिएको हो।

यद्यपि आकस्मिक चार्टर उडान तथा हेलिकप्टर सेवा भने निरन्तर सञ्चालनमा रहने जनाइएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले साना जहाजहरू अन्य गन्तव्यतर्फ सारिएको छ, जसमा केही हुम्लाको सिमीकोट र केही अन्तर्राष्ट्रिय धार्मिक यात्राका लागि प्रयोग भइरहेको बताइएको छ।

समिट एयरलाइन्सका अनुसार सेवा अगस्ट १५ पछि पुनः सञ्चालनमा ल्याउने योजना छ भने तारा एयरलाइन्सले सेप्टेम्बरदेखि उडान पुनः सुरु गर्ने जनाएको छ।

यस रुटमा सामान्यतः हिउँदयाम र बर्खायाममा मौसम प्रतिकूलताका कारण नियमित उडान रोक्ने अभ्यास हुँदै आएको छ।  

अघिल्ला वर्षहरूमा पनि तारा एयरले डिसेम्बरदेखि मार्चसम्म र समिट एयरले डिसेम्बरदेखि फेब्रुअरीसम्म सेवा स्थगित गर्ने गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.