बुधबार, असार १०,२०८३ 09:11:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:11:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सगरमाथा क्षेत्रमा बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवित फेला

Laxmi Sunrise Bank Limited
सगरमाथा क्षेत्रमा बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवित फेला

काठमाण्डौं । सगरमाथा क्षेत्रमा बेपत्ता भएका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवित अवस्थामा फेला परेका छन्।  

खुम्बू क्षेत्रको कठिन हिमाली भू-भागमा हराएका शेर्पालाई बिहीबार बिहान खोज तथा उद्धार टोलीले खुम्बु आइसफल नजिकै उद्धार गरेको हो।

 

New Office
CG Motors
Garima Development Bank

ओखलढुंगाका निवासी दावा शेर्पा हिमालयन ट्राभर्स एडभेन्चरसँग आबद्ध भएर पर्वतारोहण क्षेत्रमा सक्रिय थिए।  

उनी एक पोलिस नागरिकको सगरमाथा आरोहण अभियानमा गाइडका रूपमा सहभागी भएका थिए।  

आरोहण सम्पन्न गरेर फर्किने क्रममा जेठ १५ गते क्याम्प–३ आसपासबाट सम्पर्कविहीन भएपछि उनको अवस्थाबारे चिन्ता बढेको थियो।

सम्पर्क टुटेपछि विभिन्न पर्वतारोहण कम्पनी, स्थानीय गाइड तथा उद्धार टोलीहरू खोजी अभियानमा जुटेका थिए।  

प्रतिकूल मौसम, बाक्लो हिउँ र जोखिमपूर्ण भू–भागका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको थियो।  

यद्यपि निरन्तर प्रयासपछि उनलाई जीवितै फेला पार्न सफल भएको उद्धार टोलीले जनाएको छ।

दावा शेर्पा हिउँमा घिस्रिँदै तलतिर झर्दै गरेको अवस्थामा भेटिएको एटके एक्सपिडिसनले जनाएको छ ।  

लामो समयसम्म अत्यन्त कठिन हिमाली वातावरणमा बाँच्न सफल हुनु आफैंमा असाधारण घटना भएको उनले बताए।

उद्धारपछि सार्वजनिक भएका तस्बिरहरूमा उनका हातका औंलामा चोटपटक र चिसोका कारण असर परेको देखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रारम्भिक रूपमा उनी शारीरिक रूपमा कमजोर अवस्थामा रहेको जनाइएको भएपनि विस्तृत स्वास्थ्य परीक्षणपछि मात्रै वास्तविक अवस्था खुल्ने चिकित्सकहरूले बताएका छन्।

दावा शेर्पालाई तत्काल अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत आधार शिविरबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। 

राजधानीमा उनको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गरिनेछ। अत्यधिक चिसो, अक्सिजनको कमी तथा लामो समयसम्म प्रतिकूल अवस्थामा बसेकाले स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको छ।

उनको खोजीका लागि एटके एक्सपिडिसनले आफ्नै स्रोतबाट हेलिकोप्टरसहित विशेष उद्धार टोली परिचालन गरेको थियो।  

खोजी अभियानमा संलग्न टोलीले लगातार विभिन्न सम्भावित स्थानमा खोजी जारी राखेपछि अन्ततः उनलाई सुरक्षित रूपमा फेला पार्न सफल भएको हो।

छ दिनसम्म सम्पर्कविहीन रहेका एक अनुभवी पर्वतारोहण गाइड जीवितै भेटिएपछि पर्वतारोहण क्षेत्र, पर्यटन व्यवसायी तथा शेर्पा समुदायमा खुसी र राहतको वातावरण बनेको छ।  

सगरमाथा क्षेत्रमा हुने जोखिमपूर्ण अभियानबीच यो उद्धारलाई पछिल्लो समयको महत्वपूर्ण सफलतामध्ये एक मानिएको छ।  

साथै, हिमाली क्षेत्रमा आकस्मिक उद्धार तथा खोजी संयन्त्रको प्रभावकारिताको उदाहरणका रूपमा पनि यस घटनालाई हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.