आईतवार, असार १४,२०८३ 05:44:38
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:44:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

Laxmi Sunrise Bank Limited
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्।  

उनी तीन दिन भारतमा रहनेछन्।

 

New Office
CG Motors
Garima Development Bank

भ्रमणका क्रममा मन्त्री खनालले भारतसँग हुने उच्चस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागिता जनाउनेछन्।  

साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्नु रहेको छ।  

दुवै देशबीच आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारत प्रस्थान गर्नुअघि मन्त्री खनालले यो भ्रमणले नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।  

उनले नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय हितका विषयमा गहन छलफल हुने पनि बताएका छन्।

मन्त्रालयले यस भ्रमणलाई नियमित उच्चस्तरीय आदान–प्रदानको हिस्सा भन्दै नेपाल–भारत दीर्घकालीन सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.