शनिबार, असार १३,२०८३ 02:32:01
Bizshala
  • शनिबार, असार १३,२०८३ 02:32:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिलाले साइकलसहित दौडायो काठमाण्डौलाई

Laxmi Sunrise Bank Limited
सांग्रिलाले साइकलसहित दौडायो काठमाण्डौलाई

काठमाण्डौ । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको चौथो सांग्रिला साइकल र्‍याली शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा भएको र्‍यालीमा करिब १ हजार ५ सय जना साइकलप्रेमी तथा सर्वसाधारण सहभागी भएका थिए।

बैंकले वातावरण संरक्षण, स्वच्छ यातायातको प्रवर्द्धन तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले र्‍याली आयोजना गरेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्‍यालीले नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी तथा बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय हुँदै पुनः एलिस रिसेप्सनमा पुगेर करिब १४ किलोमिटर दूरी पूरा गरेको थियो।

कार्यक्रममा सहभागीहरूलाई बैंककी सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेकी थिइन्। र्‍याली सम्पन्न भएपछि आयोजित विशेष कार्यक्रममा लक्की ड्रमार्फत विजेता बनेकी अञ्जु पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल हस्तान्तरण गरेका थिए। यसका साथै अन्य सहभागीहरूलाई पनि विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकले वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्दै साइकल संस्कृतिको विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित २०७९ सालदेखि नियमित रूपमा साइकल र्‍याली आयोजना गर्दै आएको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकका अनुसार हाल देशभर फैलिएको शाखा सञ्जालमार्फत वित्तीय सेवा विस्तार गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण तथा जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै आएको छ।

हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.