सोमबार, असार १५,२०८३ 08:34:50
Bizshala
  • सोमबार, असार १५,२०८३ 08:34:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

Laxmi Sunrise Bank Limited
पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन( को ३४औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्नुपर्नेमा जोड दिएका छन्।

वार्षिकोत्सवका अवसरमा जारी शुभकामना सन्देशमा अर्थमन्त्री वाग्लेले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको आकर्षण बढाउन पूँजी बजारको विश्वसनीयता, पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले सेबोनले आफ्नो संस्थागत तथा नियामकीय क्षमता थप सुदृढ गर्दै सेवालाई चुस्त, प्रभावकारी र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

साथै, प्रभावकारी नियमन तथा सुपरिवेक्षणमार्फत प्रणालीगत जोखिम न्यूनीकरण गरी लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अर्थमन्त्री वाग्लेले आगामी दिनमा सेबोनले पुँजी बजारमा सुशासन प्रवर्द्धन, बजार सुधार तथा विकासलाई गति दिँदै लगानीकर्ताको हित संरक्षण र प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको पूँजी बजारको विकास र विस्तारसँगै नियामकीय निकायको भूमिका थप महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले लगानीकर्तामैत्री वातावरण निर्माण, बजारको स्थायित्व तथा दीगो विकासका लागि सेबोनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.