काठमाण्डौ । लामो समयदेखि जारी प्रतिनिधिसभाको गतिरोध अन्त्य भएको छ ।
बुधबार सिंहदरबारमा सत्तापक्ष र विपक्षी दलबीच भएको छलफलपछि सदन सञ्चालनमा सहमति जुटेको हो ।
सहमति अनुसार परराष्ट्रमन्त्री शिशिर खनाललाई प्रतिनिधिसभामा धारणा राख्न दिने र सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरिएको छ ।
सहमति बनेसँगै अवरुद्ध हुँदै आएको संसद् कार्यसूची अघि बढ्ने बाटो खुलेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।