मंगलवार, आश्विन २०,२०८३ 02:04:29
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 02:04:29
Bizshala
Global IME Bank Limited

मन्त्रालयमा एक सचिवको व्यवस्था, ६ पद कटौती हुने

Bizshala
मन्त्रालयमा एक सचिवको व्यवस्था, ६ पद कटौती हुने
New Office

काठमाण्डौ । सरकारले मन्त्रालयहरूको प्रशासनिक संरचना थप चुस्त बनाउन प्रत्येक मन्त्रालयमा एक जना मात्रै सचिव रहने व्यवस्था लागू गरेको छ।  

हालै गरिएको सचिव सरुवासँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो भने संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पछि यसले स्थायी रूप लिनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि प्रशासनिक पुनर्संरचना अघि बढाएको हो।  

सोही क्रममा यसअघि दुई–दुई सचिव रहेका केही मन्त्रालयमा अब एक जना मात्र सचिव रहनेछन्।

नयाँ व्यवस्थाबाट सचिवका ६ वटा दरबन्दी घट्नेछन्। हाल ७१ रहेको सचिव पद संख्या घटेर ६५ मा पुग्नेछ। 

अतिरिक्त भएका केही सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडा समूहमा राखिएको छ।

सरकारले अवकाश नजिक रहेका सचिवहरू सेवा निवृत्त भएपछि मात्रै रिक्त पद व्यवस्थापन गर्ने र तत्काल नयाँ बढुवा नगर्ने तयारी पनि गरेको छ।

मुख्यसचिव सुमनराज अर्यालका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयहरूमा एक सचिवको संरचना कायम गरिनेछ, जसलाई ओएन्डएममार्फत दीर्घकालीन रूपमा कार्यान्वयन गरिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.