बिहीबार, जेष्ठ २८,२०८३ 06:51:25
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 06:51:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर लैजान खोजिएको ३१ लाख रुपैयाँभन्दा बढी रकम बरामद, दुई बंगलादेशी पक्राउ

Laxmi Sunrise Bank Limited
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर लैजान खोजिएको ३१ लाख रुपैयाँभन्दा बढी रकम बरामद, दुई बंगलादेशी पक्राउ
Shivam Cement

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान खोजिएको करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा प्रहरीले बरामद गरेको छ।  

घटनामा संलग्न दुई बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।

Bizshala
New Office
CG Motors

विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार २८ गते क्वालालम्पुरतर्फ प्रस्थान गर्ने क्रममा रहेका दुई यात्रुको सामान जाँच गर्दा सुटकेसभित्र विशेष रूपमा बनाइएको गोप्य तह (फल्स बटम) मा लुकाइएको नगद फेला परेको हो।

पक्राउ परेका ३९ वर्षीय मोहम्मद इन्ताज अलीबाट १० लाख २५ हजार रुपैयाँ बरामद भएको छ।

यस्तै, ५० वर्षीय एमडी जाकिर होसाइनको साथबाट १२ लाख ३४ हजार रुपैयाँ, १ हजार अमेरिकी डलर र २० हजार मलेसियन रिङ्गिट फेला परेको प्रहरीले जनाएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

बरामद गरिएको रकमको कुल नेपाली मूल्य करिब ३१ लाख ५१ हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

अध्यागमन विवरणअनुसार मोहम्मद इन्ताज अली यसअघि २८ पटक र एमडी जाकिर होसाइन ११ पटक नेपाल आवतजावत गरिसकेका छन्।

घटनाको प्रकृति र रकमको स्रोतबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.