बिहीबार, श्रावण २१,२०८३ 03:17:27
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:17:27
Bizshala
Global IME Bank Limited

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
New Office

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले गत जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २७ लाख ५९ हजार ४९० आवेदन परेको छ । यसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन सदर भएको छ ।

कुल आवेदनमा २७ हजार ७२९ आवेदन भने बदर भएको छ ।

कुल सदर आवेदकमध्ये ६ लाख ६७ हजार ४०० जनालाई १० कित्ताका दरले ४६ लाख ७४ हजार कित्ता आईपीओ बाँडफाँड गरिएको लक्ष्मी सनराइन क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.