मंगलवार, श्रावण १९,२०८३ 12:18:45
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:18:45
Bizshala
Global IME Bank Limited

४ घण्टामा दुई हजारभन्दा बढी चालक ट्राफिक कारबाहीमा, १० लाख बढी राजस्व सङ्कलन

४ घण्टामा दुई हजारभन्दा बढी चालक ट्राफिक कारबाहीमा, १० लाख बढी राजस्व सङ्कलन
New Office

काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।  

कारबाहीमा परेका चालकबाट रु १० लाख ४८ हजार पाँच सय राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०० जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०७ जना, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने १६५ जनामाथि कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १२८ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सडक अनुशासन कायम गर्न नियमित अनुगमन र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.