काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग जर्मनी सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ।
मन्त्रालयमा भएको भेटमा जर्मनीको“जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजे) अन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास विभाग” प्रमुख मिस बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो भोल्ज सहभागी थिए ।
साथै, विकास साझेदार संस्था (जर्मन विकास बैंक) तथा र्मन अन्तर्राष्ट्रिय सहयोग संस्था का प्रतिनिधि तथा प्रमुखहरूको समेत उपस्थिती रहेको थियो।
भेटवार्तामा नेपाल–जर्मनीबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
विशेषगरी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, सेवा विस्तार तथा क्षमता अभिवृद्धिमा जर्मन सरकारको निरन्तर सहयोगबारे समीक्षा गरिएको थियो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा जर्मनी सरकार तथा सम्बन्धित विकास साझेदार संस्थाहरूले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन ।
उनले आगामी दिनमा प्राथमिकताका क्षेत्रहरूमा यस्ता साझेदारीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन ।
त्यसैगरी, जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता जनाउँदै स्वास्थ्य, पूर्वाधार र क्षमता विकासका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाइने आश्वासन दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।