मंगलवार, श्रावण १९,२०८३ 12:20:30
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:20:30
Bizshala
Global IME Bank Limited

नागढुङ्गा–मुग्लिन अनुगमनका क्रममा दिएको मन्त्री लम्सालको विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना

नागढुङ्गा–मुग्लिन अनुगमनका क्रममा दिएको मन्त्री लम्सालको विवादास्पद अभिव्यक्तिको सर्वत्र आलोचना
New Office

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएपछि सरकारी नेतृत्वको कार्यशैलीबारे पुनः चर्चा शुरु भएको छ।  

आइतबार आयोजना स्थलमा पुगेका मन्त्री लम्सालले निर्माण कार्यमा ढिलाइ नगर्न र वर्षायामलाई ध्यानमा राख्दै जोखिम न्यूनीकरण गर्दै कामलाई तीव्र बनाउन निर्देशन दिने क्रममा उक्त अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । 

सडक आयोजना निर्माणको क्रममा बिजुलीको पोल नसारिएकोले अवरोध भएको निर्माण पक्षले गुनासो गरेपछि मन्त्री लम्सालले बिजुलीको पोल सार्ने कन्ट्रयाक्टरलाई खोजेर ल्याउन पनि भनेका थिए।  

‘यो पोलवाला जो हो नि बिजुलीको पोल। यो कन्ट्रयाक्टर कहाँ छ, यो धर्तीमा जहाँ भएपनि यहाँ ल्याएर राख्नुस्।  

घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनुस् मतलब भएन,’ मन्त्री लम्सालले निर्देशन दिँदै भने, ‘चाँडोभन्दा चाँडो पोल सार्न पर्‍यो। यहाँका पब्लिकले धेरै दुःख पाए।’  

उनले आयोजना समयमा सम्पन्न गर्न कुनै पनि प्रकारको लापरवाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने चेतावनीसमेत दिएका थिए।

वर्षायाम शुरु भएकाले निम्तिन सक्ने जोखिमलाई न्यूनिकरण गरेर निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिए।

 

उनले आयोजनालाई अघि बढाउन आवश्यक निर्माण सामग्री जुटाउनको लागि सहजीकरण गरिदिन पनि आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्।  

करिब ९५ किलोमिटर दूरी रहेको नागढुंगा-मुग्लिन सडक खण्ड तीन वटा प्याकेज छुट्टयाएर स्तरोन्नति गरिँदै छ।  

पहिलो प्याकेजमा नागढुंगा(नौबिसे, दोस्रोमा नौबिसे(मलेखु र तेस्रोमा मलेखु(मुग्लिन भनी छुट्टयाइएको छ।

यसअघि मन्त्री लम्सालकै निर्देशनमा नौबिसे(मुग्लिन आयोजनामा काम गरिरहेको निर्माण व्यवसायी शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मालाई वैशाख २८ मा प्रहरी लगाएर सिंहदरबार पुर्‍याएका थिए।  

शर्माले निर्माणको क्रममा भएको अवरोधको जानकारी गराएपछि मन्त्रालयका सचिवले माफी मागेर निर्माण व्यवसायी शर्मालाई छाडेका थिए।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.