मंगलवार, श्रावण १९,२०८३ 12:18:51
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:18:51
Bizshala
Global IME Bank Limited

लगातारको वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, आवागमन अवरुद्ध

लगातारको वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, आवागमन अवरुद्ध
New Office

काठमाण्डौ । देशका विभिन्न भागमा निरन्तर वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ।  

केही सडक पूर्ण रूपमा बन्द हुँदा केही खण्डमा आंशिक रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ भने कतिपय स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।

नेपाल प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–९, देउराली देवीस्थान क्षेत्रमा पहिरो खस्दा सतुङ्गल–चित्लाङ सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ।

जोखिमपूर्ण अवस्थाका कारण मर्मत कार्य जारी रहँदा यो सडक करिब एक महिनासम्म बन्द रहने जनाएको छ, जसले स्थानीय आवागमनसँगै पर्यटकीय यातायातमा समेत असर पार्ने अनुमान गरिएको छ।

यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत पर्ने महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक पनि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।  

यसले काठमाडौं उपत्यकासँग जोडिने वैकल्पिक मार्गहरूमा सवारी चाप बढाएको छ।

पूर्वी पहाडी क्षेत्रमा इलामस्थित मेची कोरिडोरअन्तर्गत इलाम नगरपालिका–९, पुवाखोलामा आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ।  

यात्रु तथा सवारी साधनका लागि मेची राजमार्गलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।

यसैबीच, बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका सवारी साधनको सञ्चालन तत्कालका लागि रोकिएको छ।

सुरक्षा सतर्कताका कारण यो निर्णय गरिएको प्रहरीको भनाइ छ।

त्यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र पाँचथरको दोभान क्षेत्रमा बाढीका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिवास–५, टुटेश्वर खण्डमा पनि सडक आंशिक रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

यसरी प्राकृतिक विपद् र पूर्वाधार मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा देखिएको अवरोधले यातायात, आपूर्ति प्रणाली तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पारेको देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.