सोमबार, श्रावण १८,२०८३ 11:20:05
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:20:05
Bizshala
Global IME Bank Limited

नागढुङ्गा–नौबिसे सुरुङमार्ग : सवारीसाधनको शुल्क निर्धारण, साउनदेखि सञ्चालनमा आउने

नागढुङ्गा–नौबिसे सुरुङमार्ग : सवारीसाधनको शुल्क निर्धारण, साउनदेखि सञ्चालनमा आउने
New Office

काठमाण्डौ । बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ।  

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डमा हुने सवारी जाम र आवागमन सहज हुने अपेक्षा गरिएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङभित्रका अधिकांश निर्माण तथा प्राविधिक काम पूरा भइसकेका छन्।  

हाल आपतकालीन उद्धार प्रणाली परीक्षण तथा सवारी व्यवस्थापनसम्बन्धी आन्तरिक तयारी भइरहेको छ भने बाहिरी क्षेत्रमा पहिरो रोकथामको काम बाँकी रहेको छ।  

सबै काम असारभित्र सम्पन्न गरी साउनदेखि सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

कुल २,६८८ मिटर लामो यो सुरुङमार्ग ठेक्का सम्झौताअनुसार सन् २०२३ अप्रिलमै सम्पन्न हुनुपर्ने भएपनि ठेकेदारको ढिलाइ र स्थानीय अवरोधका कारण ढिलाइ भएको हो।

सुरुङमार्ग सञ्चालनका लागि टोल संकलन प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जसका लागि बैंक छनोट र कार्ड छपाइको काम अघि बढाइएको छ।

सवारीसाधनबाट शुल्क संकलनका लागि नगद, क्यूआर कोड भुक्तानी र स्वचालित स्टिकर–आधारित प्रणाली लागू गरिनेछ। 

सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मा युसिन एआरटी कम्पनीले ५ वर्षका लागि पाएको छ।

सुरुङमार्ग २४ सै घण्टा वर्षभर सञ्चालन हुनेछ, जसका लागि करिब १५० जनशक्ति परिचालन गरिनेछ।

नागढुङ्गा नाका हुँदै दैनिक औसत ८ हजारभन्दा बढी सवारी आवतजावत गर्ने गरेकामा करिब ६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।  

दुईपाङ्ग्रे सवारी भने सुरुङमार्गमा सञ्चालन गर्न पाइने छैन।

सरकारले सवारीसाधनको प्रकारअनुसार टोल दरसमेत तोकेको छ।  

हलुका सवारीका लागि काठमाडौँ प्रवेशमा ६५ रुपैयाँ र बाहिर निस्कँदा ६० रुपैयाँ, मिनीबस तथा मिनी ट्रकका लागि १२५ र ८० रुपैयाँ, बस तथा ट्रकका लागि २६० र २०० रुपैयाँ तथा भारी सवारीका लागि ६०० र २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.