सोमबार, श्रावण १८,२०८३ 11:18:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:18:40
Bizshala
Global IME Bank Limited

पाथीभरामा जेठ महिनामा ४६ लाखभन्दा बढी भेटी संकलन

पाथीभरामा जेठ महिनामा ४६ लाखभन्दा बढी भेटी संकलन
New Office

काठमाण्डौ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा जेठ महिनामा ४६ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार जेठ महिनाभरमा कुल ४६ लाख ६० हजार ६०० रुपैयाँ भेटी रकम संकलन भएको हो। 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गरेको विवरणअनुसार मन्दिरमा आएका भक्तजनले चढाएको दान तथा भेटीबाट उक्त रकम संकलन गरिएको हो।

संकलित भेटी रकम मंगलबार सार्वजनिक गर्दै समितिले सो रकम नेपाल बैंक लिमिटेडमा रहेको आफ्नो खातामा जम्मा गरिएको जनाएको छ।  

पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा संकलन हुने भेटी रकम प्रत्येक महिना सार्वजनिक गर्दै आएको छ।

यसअघि वैशाख महिनामा पाथीभरामा १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको थियो।  

त्यसको तुलनामा जेठ महिनामा भेटी रकममा गिरावट आएको देखिएको छ।

समितिका अनुसार जेठ महिनामा कुल ८ हजार ३८७ जना भक्तजनले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।  

दर्शनका लागि देशका विभिन्न जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल लगायतका क्षेत्रबाट समेत श्रद्धालुहरू आउने गरेका छन्।

पाथीभरा मन्दिरबाट संकलित भेटी रकम मन्दिरको व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक क्षेत्रको संरक्षण र सुधारका कार्यमा प्रयोग गरिँदै आएको समितिले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.