काठमाण्डौ । नेपालमा ल्याक्मे सनस्क्रिन लञ्च भएको छ । युनिलिभर नेपालको अधिनमा रहेको कम्पनीले ‘मि इन द सन’ नामक कार्यक्रमको आयोजना गरेर नेपालमा पहिलोपटक ल्याक्मे सनस्क्रिन लञ्च गरेको हो ।
उक्त कार्यक्रममा ठूलो संख्यामा पहेलो पहिरनमा सजिएका युवतीहरुलाई सडकमा उतारेर प्रडक्टको लञ्चका बारेमा जानकारी दिइएको थियो ।
उक्त र्याली दरबारमार्गदेखि झमिखेलसम्म आयोजना गरिएको थियो ।
युनिलिभरले नेपालमा ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोशनको २ नयाँ प्रकार – एसपीएफ ५० र एसपीएफ ५० नेपालमा ल्याएको छ । नेपालमै बनेका यी नयाँ उत्पादनहरू अब नेपालका स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उत्पादनहरुले युभीएविरुद्ध सुरक्षा प्रदान गर्ने र युभीबी किरणहरूलाई ९७% सम्म ब्लक गर्ने कम्पनीले दाबी गरेको छ । यो सबै प्रकारहरूका छालाका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।