मंगलवार, असार ९,२०८३ 03:18:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:18:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसनसर्भिस कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसनसर्भिस कार्यक्रम सम्पन्न

 काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS) Program 2026' को समापनतथा अन्तिम कार्यक्रम काठमाण्डौ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डएण्ड ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलताप्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको  छ।

कार्यक्रममा कोशी र बागमती प्रदेशबाट सहभागी भएका स्टार्टअप टोलीहरूले आफ्ना नवीनतम सोच, प्रविधिमा आधारित समाधान तथा व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए। कार्यक्रमले उद्यमीहरूलाई अनुभवी विज्ञ तथा सफल व्यवसायीहरूसँग प्रत्यक्ष सिक्ने, आफ्नो व्यवसायिक यात्रालाई परिष्कृत गर्ने र बजारसँग जोडिने अवसर प्रदान गरेको थियो। कार्यक्रम सञ्चालन तथा समन्वय रचना खरेलले गरेकी थिइन् । 

New Office
CG Motors
Garima Development Bank

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. सुदन झाले स्टार्टअप यात्रानिरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया भएको बताए । उनले स्टार्टअपलाई “सिक्ने, सिक्ने रनिरन्तर सिक्ने प्लेटफर्म”का रूपमा व्याख्या गर्दै उद्यमीहरूलाई समाजमा प्रभाव पार्ने खालका नवीन विचार विकास गर्न, अनुसन्धानमा आधारित भएर अगाडि बढ्न तथा आफ्ना सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न आग्रह गरे ।

यस्तै सूचना तथा सञ्चार प्रविधि क्षेत्रकाविज्ञ हेमपाल श्रेष्ठले स्टार्टअपले आफ्नो ग्राहक पहिचान, स्पष्ट दृष्टिकोणर प्रभावकारी व्यवसायिक मोडल निर्माणमा ध्यानदिनुपर्ने बताए । उनले ग्राहकको आवश्यकता बुझेर काम गर्नुपर्ने, सही बजार पहिचान गर्नुपर्ने र व्यवसाय सफल हुने सम्भावना नदेखिए समयमै उचित निर्णय लिनुपर्ने सुझाव दिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी प्रतीक इनोभेसन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जतिन भुसालले स्टार्टअपहरू सिर्जनात्मकविचार र नवीन समाधानमा केन्द्रित हुनुपर्ने बताए । उनले केवल रोजगारीप्रतिको असन्तुष्टिका कारण मात्र स्टार्टअप सुरु नगरी स्पष्ट उद्देश्य, समस्या समाधान गर्ने क्षमता र दीर्घकालीन सोचका साथ उद्यमशीलतामा लाग्नुपर्ने बताए । 

यस्तै टिङ टिङकासीबीओ सुजन प्रजापतिले सरल विचारबाट पनि सफल उद्यमको सुरुवात गर्न सकिने बताए । 

उनले नेपाल स्टार्टअपका लागि सम्भावनायुक्त बजार भएको उल्लेख गर्दै उद्यमीहरूले जोखिम लिन तयार हुनुपर्ने, असफलताबाट सिक्दै अघि बढ्नुपर्ने र दीर्घकालीन सहकार्य निर्माण गर्नुपर्ने बताए । उनले नेपालमा कम्पनी दर्तामुख्य समस्या नभएपनि स्रोत, लगानीर आवश्यक सहयोगप्राप्त गर्नु अझैचुनौती रहेको उल्लेख गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.