बुधबार, आश्विन २८,२०८३ 03:04:46
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 03:04:46
Bizshala
Global IME Bank Limited

एप्पल र माइक्रोसफ्टद्वारा केही उत्पादनको मूल्य वृद्धि

Bizshala
एप्पल र माइक्रोसफ्टद्वारा केही उत्पादनको मूल्य वृद्धि
New Office

काठमाण्डौ । विश्वव्यापी प्रविधि उद्योगमा बढ्दो मेमोरी र स्टोरेज चिप लागतका कारण एप्पल र माइक्रोसफ्टले आफ्ना प्रमुख उत्पादनहरूको मूल्य वृद्धि गरेका छन्।

एप्पलले आफ्नो म्याकबुक र आईप्याडका केही मोडेलहरूको मूल्य करिब २० प्रतिशतसम्म बढाएको छ। कम्पनीका अनुसार, एआई डेटा सेन्टरहरूको तीव्र विस्तारका कारण मेमोरी तथा स्टोरेज चिपको माग अत्यधिक बढेपछि उत्पादन लागतमा असाधारण वृद्धि भएको हो। कम्पनीले हालसम्म उपभोक्तालाई मूल्य वृद्धिबाट जोगाउने प्रयास गरिएको भए पनि अब त्यसलाई कायम राख्न नसकिने जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यसैगरी, माइक्रोसफ्टले आफ्नो लोकप्रिय ‘एक्सबक्स’ गेमिङ कन्सोलको मूल्य पनि उल्लेखनीय रूपमा वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ मूल्य अनुसार, आधारभूत मोडेलको मूल्य १०० अमेरिकी डलरसम्म बढेर करिब ४९९ डलर पुग्नेछ भने बढी मेमोरी भएको संस्करणमा १५० डलरसम्म वृद्धि हुनेछ। नयाँ मूल्यहरू आगामी अगस्टदेखि लागू हुनेछन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

माइक्रोसफ्टका अनुसार, स्टोरेज र मेमोरी चिपको लागत हालै दोब्बरभन्दा बढी बढेको छ र आगामी वर्षहरूमा अझ वृद्धि हुने सम्भावना छ। कम्पनीले यस अवस्थालाई ‘कम्पोनेट क्राईसिस’ को रूपमा वर्णन गर्दै सम्पूर्ण उपभोक्ता इलेक्ट्रोनिक्स उद्योग प्रभावित भएको जनाएको छ।

विशेषज्ञहरूका अनुसार, एआई प्रविधिको तीव्र विस्तारका कारण डेटा सेन्टरहरूमा प्रयोग हुने चिपहरूको माग अत्यधिक बढ्दा बजारमा आपूर्ति–माग असन्तुलन सिर्जना भएको छ। यसको प्रत्यक्ष असर स्मार्टफोन, ल्यापटप र गेमिङ कन्सोलजस्ता उपभोक्ता उपकरणहरूको मूल्यमा परेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.