काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पार्टीको महाधिवेशनमा सहभागी भएपछि प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार सूचना जारी गर्दै विशेष कारणवश प्रतिनिधिसभाको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।
यसअघि बिहीबारका लागि तय गरिएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसोसम्मका लागि सारिएको थियो।
तर, रास्वपाको महाधिवेशन शुक्रबार पनि सम्पन्न हुन नसकेपछि संसद् बैठक फेरि एक दिनका लागि स्थगित गरिएको हो।
यसअघि असार ५ गते बसेको प्रतिनिधि सभाको बैठक असार ११ गतेसम्मका लागि स्थगित गरिएको थियो।


