आईतवार, असार १४,२०८३ 01:09:40
Bizshala
  • आईतवार, असार १४,२०८३ 01:09:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभा बैठक शुरु, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुँदै

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभा बैठक शुरु, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुँदै

काठमाण्डौ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेदेखि शुरु भएको छ।  

बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने, आर्थिक विधेयकमाथि छलफल गर्ने तथा महत्त्वपूर्ण प्रतिवेदन सदनमा पेश गर्ने कार्यसूची तय गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

बैठकको सुरुआतमै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनेछन्।

प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८३ प्रस्तुत गर्ने कार्यक्रम छ।  

साथै, उहाँले सार्वजनिक खरिद (दोस्रो संशोधन_ विधेयक, २०८३ सदनमा दर्ता गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र स्वीकृतिपछि उक्त विधेयक पनि प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सदनमा राख्नेछन्। प्रस्ताव स्वीकृत भएपछि विधेयक पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि विधेयक सदनमा पेश गर्ने कार्यसूची छ।

आजको बैठकमा आर्थिक विधेयक, २०८३ माथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथि छलफल गरिनेछ।

छलफलपछि संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् भने अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक पारित गर्न प्रस्ताव पेश गर्नेछन्।

यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गर्ने प्रस्ताव पनि अर्थमन्त्रीले राख्नेछन्।  

विधेयकमाथिका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि अन्तिम रूपमा विधेयक पारित गर्ने प्रस्ताव सदनमा पेश गरिनेछ।

बैठकको अन्तिम कार्यसूचीमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.