सोमबार, आश्विन ५,२०८३ 01:57:59
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 01:57:59
Bizshala
Global IME Bank Limited

युरोपमा भीषण गर्मीको कहर, फ्रान्समा मात्र १ हजार जनाको मृत्यु

युरोपमा भीषण गर्मीको कहर, फ्रान्समा मात्र १ हजार जनाको मृत्यु
New Office

काठमाण्डौ । युरोपका विभिन्न देशमा जारी अभूतपूर्व गर्मीको लहरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। आइतबार जर्मनी, पोल्यान्ड र इटालीका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ भने फ्रान्सका केही भागमा आँधी–तूफानले थप अव्यवस्था सिर्जना गरेको छ।

फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायका अनुसार हालसम्म गर्मीको लहरका कारण करिब १ हजार जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमध्ये अधिकांश वृद्धवृद्धा रहेका छन्। स्वास्थ्य अधिकारीहरूले वृद्धाश्रम तथा निजी घरमा भएका थप मृत्युका विवरण आउन बाँकी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्।

वैज्ञानिकहरूले जुन २० देखि सुरु भएको यो गर्मीको लहरलाई युरोपको इतिहासकै सबैभन्दा भीषण मध्ये एक बताएका छन्। उनीहरूका अनुसार मानव गतिविधिबाट सिर्जित जलवायु परिवर्तनका कारण यस्तो चरम गर्मी सम्भव भएको हो। विशेषगरी रातको अत्यधिक तापक्रम विगत दुई दशकको तुलनामा करिब १०० गुणा बढी सम्भावित भएको वैज्ञानिकहरूको निष्कर्ष छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अत्यधिक गर्मीले युरोपभर विद्युत् उत्पादन, यातायात र कृषि क्षेत्रमा गम्भीर असर पुर्याएको छ। जर्मनीमा उच्च तापक्रमका कारण पश्चिमी राज्य नर्थ राइन–वेस्टफालियाको प्रमुख रेलमार्गमा रेल सेवा सीमित गरिएको छ भने लाइपजिग शहरमा ट्राम सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार धेरै नागरिक चर्को घामका कारण घरभित्रै बस्न बाध्य भएका छन्।

हंगेरीको पाक्स आणविक विद्युत् केन्द्रले ड्यान्युब नदीको पानी अत्यधिक तातिएपछि शीतलन प्रणाली प्रभावित भएकाले उत्पादन पुनः घटाउनुपर्ने अवस्था आउन सक्ने जनाएको छ।

इटालीमा पो नदीको बहाव उल्लेखनीय रूपमा घटेपछि समुद्री पानी करिब १८ किलोमिटरसम्म नदीभित्र प्रवेश गरेको छ। यसले कृषि उत्पादन र नदी डेल्टास्थित संरक्षित सिमसार क्षेत्रमा गम्भीर जोखिम उत्पन्न गरेको अधिकारीहरूले बताएका छन्।

गर्मीबाट राहत खोज्दै नदी तथा तालमा पुगेका दर्जनौं व्यक्तिको डुबेर मृत्यु भएको पनि विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

फ्रान्सको मौसम निकायका अनुसार देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी केही कम भए पनि उत्तरपूर्वी क्षेत्रका केही भाग अझै पनि ‘हीटवेभ अलर्ट’ अन्तर्गत रहेका छन्।

स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले गर्मीको प्रत्यक्ष प्रभाव मौसम सामान्य भइसकेपछि पनि करिब १० दिनसम्म रहन सक्ने चेतावनी दिएकी छन्। उनका अनुसार स्वास्थ्य जोखिम अझै समाप्त भइसकेको छैन।

शनिबार राति फ्रान्सका विभिन्न क्षेत्रमा आएको आँधी–तूफानले केही राहतस्वरूप चिसो मौसम ल्याए पनि हजारौं घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् वितरण कम्पनी एनेडिसका अनुसार आइतबार बिहानसम्म उत्तर र मध्य फ्रान्सका करिब ६३ हजार घरधुरी विद्युत् सेवाविहीन रहेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.