सोमबार, आश्विन १२,२०८३ 02:21:04
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 02:21:04
Bizshala
Global IME Bank Limited

फोर्डलाई प्रत्येक ईभी कार बिक्रीमा १.३२ लाख डलर घाटा, यस्तो छ कारण ?

Bizshala
फोर्डलाई प्रत्येक ईभी कार बिक्रीमा १.३२ लाख डलर घाटा, यस्तो छ कारण ?
New Office

काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले १.३ बिलियन डलर घाटा व्यहोरेको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा प्रत्यके ईभी कारमा १ लाख ३२ हजार डलर घाटा व्यहोरेको हो । कम्पनीले पहिलो त्रैमासमा कुल १० हजार युनिट ईभी कार बिक्री गरेको थियो ।  

फोर्डलगायत अन्य परम्परागत अटो निर्माता कम्पनीहरुले आगामी दिनमा ग्यासबाट चल्ने परम्परागत सवारीलाई ईभी कारले प्रतिस्थापन गेर्न योजना बनाएका छन् । तर यी परम्परागत सवारी निर्मातामध्ये फोर्डले मात्रै ईभी कारको बिक्रीको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनले फोर्डलगायत अन्य अटो निर्माताहरुलाई समेत मुनाफामा दबाब पर्ने संकेत गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो वर्षको फोर्डको ईभी युनिट अर्थात मोडल ई १० हजार युनिट बिक्री भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा २० प्रतिशतले कम हो । कारको बिक्रीमा गिरावट आएसँगै कम्पनीको मुनाफामा पनि ८४ प्रतिशतले कमी आउँदै १०० मिलियनमा सीमित बनेको छ ।  

ईभी उद्योगमा भएको मूल्य कटौतीका कारण कम्पनीले यति ठूलो घाटा व्यहोर्नु परेको जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.