शुक्रबार, आश्विन ९,२०८३ 12:38:45
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:38:45
Bizshala
Global IME Bank Limited

नेपालमा पहिलोपटक रियर–ह्विल ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.एमएएस ५’ आउँदै

Bizshala
नेपालमा पहिलोपटक रियर–ह्विल ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.एमएएस ५’ आउँदै
New Office

काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा विस्तार भइरहेका बेला जगदम्बा मोटर्स प्रालिले नयाँ पुस्ताको ‘प्रोटोन ई.एमएएस ५’ सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टकै नेपालको पहिलो रियर–ह्विल ड्राइभ (RWD) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ।

प्रोटोन ब्रान्डको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ई.एमएएस ५ को आगमनले नेपाली ईभी बजारमा नयाँ प्रविधि र ड्राइभिङ अनुभव थपिने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, सुरक्षा र दैनिक प्रयोगलाई ध्यानमा राखेर यो मोडल विकास गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित भएकाले ई.एमएएस ५ मा सन्तुलित तौल वितरण, उत्कृष्ट स्थायित्व, सहज ह्यान्डलिङ तथा उच्चस्तरीय ड्राइभिङ अनुभव उपलब्ध हुने कम्पनीको दाबी छ। सहरी सडकदेखि राजमार्ग र पहाडी मार्गसम्म नेपालको विविध भूगोललाई लक्षित गरी यो गाडी उपयुक्त हुने जनाइएको छ। 

शंकर समूहअन्तर्गत सञ्चालित जगदम्बा मोटर्सले विश्वस्तरीय ईभी नेपाली बजारमा भित्र्याउँदै दिगो यातायातको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता थप सुदृढ बनाइरहेको जनाएको छ। कम्पनीले देशभर फैलिएको बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य लिएको उल्लेख गरेको छ।

कम्पनीका अनुसार प्रोटोन ई.एमएएस ५ सम्बन्धी प्राविधिक विवरण, प्रमुख फिचर, मूल्य, बुकिङ प्रक्रिया तथा आधिकारिक लन्च मिति केही साताभित्र सार्वजनिक गरिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.