मंगलवार, श्रावण ५,२०८३ 11:12:01
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:12:01
Bizshala
Global IME Bank Limited

याङ्गो राइडद्वारा नेपाल ट्राफिक प्रहरीसँग मिलेर सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा नेपाल ट्राफिक प्रहरीसँग मिलेर सडक सुरक्षा कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रालि मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो साथै २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो ।

याङ्गो राइड नेपाल का कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने, ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो । स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पु¥याइरहेको छ ।’

उनले थप भने, ‘याङ्गोको लागि सुरक्षा पहिलो प्राथमिकता हो। नेपाल ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं। आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

कार्यक्रममा ईन्नोहब प्रालिले नयाँ चालकहरूलाई मोटरसाइकल र हेल्मेट उपलब्ध गराएको थियो । याङ्गो राइडलले स्थानीय साझेदारसँगको सहकार्यमार्फत सुरक्षित र भरपर्दो यातायात सेवा विस्तार गर्ने तथा चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.