सोमबार, श्रावण १८,२०८३ 05:42:03
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:42:03
Bizshala
Global IME Bank Limited

काठमाडौंमा साउन १ देखि ‘ब्लु बस’ सेवा, पहिलो चरणमा ८ बस सञ्चालन हुने

महिलाको सुरक्षित यात्राका लागि सरकारको नयाँ पहल, विस्तारै २५ बस सञ्चालन गर्ने योजना

काठमाडौंमा साउन १ देखि ‘ब्लु बस’ सेवा, पहिलो चरणमा ८ बस सञ्चालन हुने
New Office

 

काठमाण्डौ । काठमाडौं उपत्यकामा महिलाको सुरक्षित सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यले आगामी साउन १ गतेदेखि ‘ब्लु बस’ सेवा सञ्चालनमा आउने भएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा ८ वटा ब्लु बस सञ्चालन गर्ने तयारी गरिएको हो। दीर्घकालीन योजनाअनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याइने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार बस सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा आवश्यक राय–सहमतिका लागि प्रस्ताव पठाइसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा औपचारिक रूपमा सुरु गरिनेछ।

पहिलो चरणमा लगनखेल–बुढानीलकण्ठ र थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुई–दुई वटा बस सञ्चालन गरिनेछ। त्यसैगरी चक्रपथ क्षेत्रमा चार वटा बस चलाइनेछन्, जसमा दुई वटा घडीको दिशामा  र दुई वटा घडीको विपरीत दिशामा  सञ्चालन हुनेछन्।

सरकारले यो सेवा महिलामैत्री र सुरक्षित सार्वजनिक यातायातको अभ्यासका रूपमा सुरु गर्न लागेको जनाएको छ। सफल कार्यान्वयन भए देशका सातै प्रदेशमा समेत यस्तो सेवा विस्तार गर्ने योजना रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.