आईतवार, फाल्गुन ११,२०८१ 09:09:21
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:09:21
IME remit
Global IME Bank Limited

यी ४८ सूत्र नजानी सेयर बजारमा प्रवेश नगरेकै राम्रो !

Hyundai Nepal
यी ४८ सूत्र नजानी सेयर बजारमा प्रवेश नगरेकै राम्रो !
Nabil Bank Limited

काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो । विलियमको  यो किताब सर्वसाधारण लगानीकर्ताले समेत बुझ्ने हिसाबले तयार गरिएको छ र टिप्सहरुलाई समेत सोही अनुसार प्रस्तुत गरिएको छ ।  

हेरौं सेयर लगानीमा जान्नैपर्ने ४८ मन्त्रहरुः  

१.नयाँ लगानीकर्ता हुनुहुन्छ भने सेयर लगानी गर्ने क्रममा हुनसक्ने सामान्य घाटालाई सहन तयार हुनुहोस् ।  

२.आफूले खरीद गरेको मूल्यमा ८ प्रतिशतसम्मको घाटा सहनुपर्छ भनेर पहिला नै मानसिकता बनाउनुहोस् ।  

३.लगानीको सुरुवातमा दृढता मूल मन्त्र हो, हतोत्साही  नबन्नुहोस् ।  

४.लगानी गर्न सिक्ने कार्य एकरातमै हुँदैन । यसले  समय लिन्छ भन्ने कुरा बेलैमा बुझ्नुहोस् ।  

५.सुरुवातको समयमा तपाईंले भरपर्दो र विश्वासिलो ब्रोकरहरुको साथ लिनु महत्वपूर्ण हुन्छ । राम्रो प्रतिष्ठा बनाएको ब्रोक्रेज कम्पनीलाई मात्र साथ लिनुहोस् ।  

६.लगानीको सुरुवातमा डिम्याट खाता अनिवार्य खोल्नुहोस् र सोही अनुसार पैसा पनि ठीक पार्नुहोस् ।

७.केही हजार रुपैयाँबाट पनि तपाईंले सेयरमा लगानी सुरु गर्न सक्नुहुन्छ । अनुभव नै तपाईंका लागि ठूलो पाठ र सिकाई हो भन्ने बुझ्नुहोस् ।  

८.अस्थिर प्रकृतिको सेयरमा सुरुवातमै लगानी गर्ने भूलबाट बच्नुहोस् ।

९.उच्च स्तरको स्टकमा ध्यान लगाउनुहोस् । केही सेयर मात्र खरीद गर्नुहोस् । सुरुवातमा २० कित्ता सेयरमा मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।

१०.सेयर लगानीको क्रममा भावनाको भरमा निर्णय नगर्नुहोस् । खरीद र बिक्रीको सामान्य नियमलाई पालना गर्नुहोस् । भावनाले आफ्नो माइण्डलाई परिवर्तन गर्ने भूल नगर्नुहोस् ।

११.अति सस्तो सेयरमा सुरुमै लगानी नगर्नुहोस् । राम्रो कम्पनीको सेयरमा राम्रै मूल्य हाले त्यसबाट डूब्ने धेरै  डर हुँदैन ।  

१२.आजका टप लगानीकर्ताहरुबाट सिक्ने  कोशिश गर्नुहोस् । उनीहरुको अनुभवले तपाईलाई भविष्यमा बजारको लिडर बनाइदिन सक्छ ।

१३.लगानी गरेपछि हुने घाटा वा प्रतिफलको आधारमा आफूले छनौट गरेको कम्पनीको सेयरको बिषयमा विश्लेषण गर्ने बानी बसाल्नुहोस् । यो बानीले तपाईले आफ्नो सफलता वा घाटाको प्रत्येक कारण जान्न सक्नुहुन्छ ।  

१४.आधारभूत र प्राविधिक पक्षको विश्लेषण गरी लगानी गर्ने शैली राम्रो नाफा हुने सेयर खरीदको मूल मन्त्र हो ।  

१५.आधारभूत विश्लेषणमा कम्पनीको आम्दानी, आम्दानीतर्फको ग्रोथ, बिक्रीको अवस्था, नाफाको मार्जिन र त्यसले अन्य स्टक वा कम्पनीको तुलनामा दिने रिटर्न हेर्नुपर्छ । यसले तपाईंलाई स्तरीय सेयर मात्र खरीद गर्ने क्षमताको विकास गर्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

१६.प्राविधिक विश्लेषणले तपाईंलाई सेयरको मूल्य बुझ्न सिकाउँछ । यस्तै भोल्युम चार्टको बिषयमा समेत ज्ञान दिन्छ र लगानीको लागि उपयुक्त समयको बिषयमा समेत पाठ सिकाउँछ ।  

१७.सेयर बजारबाट धेरै पैसा कमाउन तपाईंले उपयुक्त समयमा धेरै राम्रो कम्पनीको सेयर खरीद गर्नुपर्ने हुन्छ ।  

१८.सेयरबाट राम्रो नाफा लिएर बिक्री गर्नु र राम्रो आम्दानी गर्नु सेयर बजारका विजेताहरुको मुख्य विशेषता हो ।  

१९.संगठित क्षेत्रको सेयर खरीद गर्दा त्यसबाट निकै ठूलो लाभ प्राप्त हुन्छ भन्ने कुरा बुझ्नुहोस् ।  

२०.बजारमा नेतृत्व गरिरहेका उद्योग वा समूहको सेयर मात्र छान्नुहोस् । विगतको बजारका बहुसंख्यक नेतृत्वकर्ता  कम्पनी नै टप उद्योग वा समूहको सूचिमा पर्छन ।  

२१.धेरै सफल सेयर नेपालको सन्दर्भमा वाणिज्य बैंक, राम्रा विकास बैंक, उत्पादनमूलक क्षेत्र, बिमा कम्पनी र कम्युनिकेसन टेक्नोलोजीसँग सम्बद्ध संघसंस्थाको हुन्छ ।  

२२. कुनै पनि कम्पनीको भोल्युम भनेको सो कम्पनीको  कारोबारमा आएको सेयरको संख्या भन्ने बुझ्नुपर्छ ।  

२३.कुनै दुर्घटनाले सेयर बजार कहिल्यै पनि माथि जाँदैन । स्टक माथि जानका लागि बजारमा ठूलो परिमाणमा खरीदारी हुनुपर्छ । जस्तो संगठित लगानीकर्ता(ठूला लगानीकर्ता) वा म्युचुअल फण्डहरुको ठूलो खरिदारीले बजार माथि जाने गर्छ ।  

२४.अहिलेसम्मको इतिहास हेर्दा मार्केट पूरै क्र्यास भएको घटना बिरलै मात्र छ । सामान्य रुपमा बजार बढिरहन्छ र यो क्रम जारी रहँदा कहिलेकाही बजार निकै माथिल्लो उचाईसम्म पुगेको छ । नेपालको सन्दर्भमा ३२ सयको हाराहारीमा रहेको बजार १९ सय अंकमा पुगिसकेको छ ।  

२५. बजार भनेको ‘कप विथ ह्याण्डल’ जस्तै हो । यसले एउटा साइडबाट मात्र देखिइने कफी कपलाई संकेत गर्छ ।  

२६.कुनै पनि सेयरको सर्वोत्कृष्ट खरीद बिन्दूलाई ‘पिभोट प्वाइन्ट’ भनिन्छ ।  

२७.जुन दिन सेयर खुल्छ, खरीदको भोल्युमलाई ५० प्रतिशत वा सोभन्दा बढीका दरले बढाउनुपर्छ ।  

२८.सेयरको घट्दो मूल्यले भविष्यमा सेयरको राम्रो बिक्री हुँदैन भन्ने संकेत गर्छ ।  

२९.यसअघि प्रचलनमा रहेको भनाई ‘कम मूल्यमा किनेर बढी मूल्यमा बिक्री गर्नु buy low and sell high भन्नेको पछि नलाग्नुहोस् । बरु अब ‘राम्रो मूल्यमा किन्नु र उच्च नाफा लिएर बिक्री गर्नु’ “buy high and sell a lot higher” भन्ने सिद्धान्तलाई आत्मासाथ गर्नुहोस् ।  

३०.प्राइस चार्ट र भोल्युमको एक्सनले तपाईलाई कुन बेला तपाईंको सेयर  उच्च विन्दूमा पुग्छ र बिक्री गर्नुपर्छ भन्ने ज्ञान दिइरहेको हुन्छ ।  

३१.सेयर बजारमा इतिहास आफैं दोहोरिरहन्छ ।  

३२.कुनै पनि सेयर खरीद गरेपछि चार हप्ताअघि बिक्री नगर्नुहोस् । कम्तीमा चारदेखि ८ हप्तासम्म राखेर बिक्री गर्दा बढी नाफा हुनसक्छ । कम्पनीको अवस्था र मूल्यको घटबढलाई हेरेर लामो समयसम्म कुर्न सकियो भने अझ बढी फाइदा हुन्छ ।  

३३.कसैले बजारको बिषयमा व्यक्त गर्न व्यक्तिगत विचारलाई पूरै बेवास्ता गर्नुहोस् ।  

३४.मुख्य गरी बियरिस मार्केट(घट्दो बजार) उच्च विन्दूबाट बढीमा २० देखि २५ प्रतिशतसम्म मात्र तल झर्छ । देशको बिग्रदो राजनीतिक तथा आर्थिक कारणले यस्तो हुन्छ भन्ने बुझ्नुपर्छ ।  

३५.कहिले किन्ने र बिक्री गर्ने भन्ने थाहा पाउनु नै सेयर बजारमा सफलताको मूल मन्त्र हो ।  

३६.दुईदेखि तीन हप्ताको अवधिमा सेयरको बाँडफाँड भएको चारदेखि पाँच दिनसम्म पूँजीबजारमा गिरावट आउनसक्छ ।  

३७.घट्दो बजारले डर र अनिश्चितता पैदा गर्छ । जब स्टकले न्यून विन्दूमा हिट गर्छ र त्यसपछि फेरि बुल हुन थाल्छ, तब त्यो बजारले अवसरहरु सिर्जना गर्छ, धेरै मानिसले यो कुरामा विश्वास नराख्ने भूल गर्छन ।  

३८.यदि तपाईंमा विश्वास छ कि तपाई बढ्दो बजारमा लगानी गरिरहनुभएको छ भने तपाईंले यस्तो अवस्थामा प्रतिष्ठित कम्पनीको स्तरीय सेयर नै छान्नुपर्छ ।  

३९.बजारको संभावित विजेतासँग जहिल्यै पनि आफूले किनेको सेयर उच्च मूल्यमा बिक्री गर्ने र नाफामा समेत राम्रो वृद्धि गर्ने क्षमता हुनुपर्छ । त्यस्ता व्यक्तिहरुले नाफाको मार्जिनलाई समेत उच्च दरमा बढाउने, इक्वीटीमा १७ प्रतिशत वा सो भन्दा माथिको रिटर्न प्राप्त गर्ने क्षमता हुनुपर्छ ।  

४०. सेयर बजारमा दुई खालका लगानीकर्ता हुन्छन् । एकः ग्रोथ स्टक इन्भेष्टर र अर्कोः भ्यालु इन्भेष्टर ।

४१.ग्रोथ इन्भेष्टरहरुले जहिले पनि कम्पनीको राम्रो आम्दानी, बिक्रीतर्फको उच्च प्रगति, राम्रो प्रोफिट मार्जिन र १७ प्रतिशत भन्दा बढी इक्वीटीमा प्रतिफल खोज्छ ।  

४२.भ्यालू इन्भेष्टरहरुले जहिले पनि बेवास्तामा रहेको सेयर रोज्छन् र जुन कम्पनीको मूल्य आम्दानी अनुपात कम छ, त्यसमै लगानी गर्न खोज्छन् ।  

४३.तपाईं लगानीको सुरुवात गर्दै हुनुहुन्छ भने यसलाई सामान्य रुपमा लिनुहोस् । सुरुवातमा घरेलु सेयर वा म्युचुअल फण्डमा मात्र लगानी गर्नुहोस् ।  

४४. तपाईंले बजारमा जति लगानी गर्नुभएको छ, सोही अनुपातले मात्र पाउनुहुन्छ भन्ने कुरा बुझ्नुहोस् । सस्तो सेयरमा लगानी गरेर धेरै नाफाको अपेक्षा गर्नु तपाईंको भूल हुनेछ ।  

४५.लगानीमा निकै ठूलो विविधिकरण सुरुवातमै आवश्यक छैन । तपाईंले लगानी गरेका केही कम्पनीमा मात्र ध्यान दिनुहोस्, बरु ती कम्पनीलाई राम्रोसँग बुझ्नुहोस् र बजारमा तिनीहरुको घटबढलाई सचेत भएर नियालिरहनुहोस् ।  

४६.यदि तपाईंसँग धेरै कम्पनीका सेयर छन् र नयाँ कुनै कम्पनीको खरीद गर्न चाहिरहनुभएको छ भने हातमा भएका सेयरमध्ये कम नाफा दिने कम्पनीलाई बिक्री गरेर त्यसलाई उच्च प्रतिफल दिने कम्पनीको सेयरमा लगाउन सक्नुहुन्छ ।  

४७.बजारमा ४० प्रतिशत भन्दा बढी सेयर उच्च प्रतिफल आउने आशामा खरीद गरेको केही दिनमै बिक्री हुने गर्छ । तपाई आफूलाई यति साह्रो अस्थिर नबनाउनुहोस् ।  

४८.दोश्रो त्रैमासिक अवधिसम्म पनि तपाईंले खरीद गरेको कम्पनीको प्रति सेयर आम्दानी खासै बढेन भने त्यस्ता सेयरलाई सल्टाउनु नै बुद्धिमानी हुन्छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.