सोमबार, श्रावण १८,२०८३ 05:44:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:44:11
Bizshala
Global IME Bank Limited

गुणस्तरीय बीउमा किसानको पहुँच बढाउन ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम

गुणस्तरीय बीउमा किसानको पहुँच बढाउन ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम
New Office

काठमाण्डौ । गुणस्तरीय बीउमा किसानको पहुँच विस्तार गर्न कृषि विभागले देशका १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ।

विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रम अघि बढाएको हो। स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन बढाएर किसानलाई समयमै भरपर्दो बीउ उपलब्ध गराउने सरकारको लक्ष्य छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनको नकारात्मक प्रभाव कम गर्न धान बालीमा उत्थानशील जात विकास र प्रवर्द्धनमा जोड दिइएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमीन भिजाउने र सुकाउने विधि तथा वर्षाको पानी संकलनजस्ता प्रविधि विस्तार गर्ने तयारी गरिएको उनले बताए।

कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशंकर जातको प्रवर्द्धन गरिनेछ। त्यस्तै, २१ जोन र ५ सुपरजोनमार्फत बर्खे तथा चैते धानमा यान्त्रीकरण प्रवर्द्धन र मूल्य श्रृंखला विकासका कार्यक्रम सञ्चालन हुनेछन्।

चैते धान प्रवर्द्धनका लागि किसानलाई अनुदान उपलब्ध गराइने विभागले जनाएको छ। यसले चैते धानको क्षेत्रफल विस्तार, उत्पादन वृद्धि र किसानको आम्दानी सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का आठ स्थानीय तहमा सुरु गरेको छ। सरकारले बीउ उत्पादन, धानको उत्पादकत्व वृद्धि र जलवायुमैत्री कृषि प्रणालीलाई जोड दिँदै कार्यक्रम अघि बढाएको हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.