शनिबार, कार्तिक ७,२०८३ 01:43:25
  • शनिबार, कार्तिक ७,२०८३ 01:43:25
Global IME Bank Limited

लुम्बिनी प्रदेशको बजेट विधेयकमाथि मन्त्रालयगत छलफल आजदेखि

Bizshala
लुम्बिनी प्रदेशको बजेट विधेयकमाथि मन्त्रालयगत छलफल आजदेखि
New Office

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटसम्बन्धी विधेयकमाथि मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ।

आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको १२ औं बैठकले विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका बजेट शीर्षकहरूमाथि समूहगत छलफल गर्ने समय निर्धारण गरेको हो। छलफलका क्रममा उठ्ने प्रश्न तथा जिज्ञासाको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची तय गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरका अनुसार आठौं अधिवेशनको १३ औं बैठक सोमबार बिहान ८ बजे बस्नेछ। उक्त बैठकमा बजेटसँग सम्बन्धित मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल अघि बढाइनेछ।

यसअघि आइतबारको १२ औं बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको थियो। सो छलफलमा सत्ता पक्ष तथा प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु. ३७ अर्ब ३८ करोड ४५ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। उक्त बजेटमध्ये पूँजीगततर्फ रु. २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार र चालुतर्फ रु. ११ अर्ब ११ करोड २७ लाख १० हजार विनियोजन गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.