सोमबार, श्रावण १८,२०८३ 04:48:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:48:04
Bizshala
Global IME Bank Limited

३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत्  आयोजना अघि बढ्यो, सन् २०३३ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य

३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत्  आयोजना अघि बढ्यो, सन् २०३३ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य
New Office

काठमाण्डौ । व्यावसायिक घराना गोल्यान समूहले अघि बढाएको ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्र प्रक्रिया अघि बढेको छ।

गोल्यान समूहको सहायक कम्पनी एलिभेट इनर्जीमार्फत निर्माण अघि बढाउन लागिएको यो आयोजना निजी क्षेत्रले निर्माण गर्न लागेको ठूलो अर्धजलाशययुक्त जलविद्युत् आयोजना हो। कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो।

कर्णाली प्रदेशको मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडाहरू हुँदै बग्ने मुगु कर्णाली नदीको पानी उपयोग गरी आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालका अनुसार आयोजनाको सम्भाव्यता अध्ययनका लागि सन् २०२२ मा अमेरिकी विकास वित्त निगम डीएफसीले अनुदान सहयोग गरेको थियो। सोही सहयोगअन्तर्गत जर्मनीको ट्र्याक्टबेल इन्जिनियरिङले आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ।

हाल ३०६ मेगावाट क्षमतामै आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ। तर, सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन आएपछि मात्र आयोजनाको वास्तविक उत्पादन क्षमता टुंगो लाग्ने कम्पनीले जनाएको छ।

‘आन्तरिक खपतका लागि हो भने क्षमतामा केही पुनरावलोकन हुन सक्छ, तर भारततर्फ निर्यात गर्ने मोडलमा जाने हो भने ३०६ मेगावाटकै रूपमा अघि बढ्ने सम्भावना रहन्छ,’ सीईओ अर्यालले भने।

उनका अनुसार आयोजनास्थलमा आवश्यक अनुसन्धान तथा प्राविधिक काम तीव्र रूपमा अघि बढिरहेको छ। साइटमा दुवैतर्फ गरी करिब ४ किलोमिटर ड्रिलिङ सम्पन्न भइसकेको छ। त्यस्तै, करिब ४०० मिटरको टेस्ट टनेल खनेर रक मेकानिक्स परीक्षणसमेत भइसकेको छ।

आयोजनाको डिजाइन र हेडवर्क्सको मोडल अध्ययन पुल्चोक इन्जिनियरिङ क्याम्पस नजिकै रहेको हाइड्रोल्याबमा भइरहेको कम्पनीले जनाएको छ। अध्ययन यसै वर्षको अन्त्यसम्म सकिने र त्यसपछि आयोजनाको अन्तिम क्षमता निश्चित हुने बताइएको छ।

 

ऊर्जा क्षेत्रमा गोल्यान समूहको आक्रामक लगानी

गोल्यान समूहले पछिल्लो समय ऊर्जा क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। समूहको पोर्टफोलियोमा हाल जलविद्युत् र सौर्य गरी ७०० मेगावाटभन्दा बढी क्षमताका आयोजना रहेका छन्।

समूहसँग जलविद्युत्तर्फ मात्र करिब ५२० मेगावाटको पोर्टफोलियो रहेको छ। यसमा ३६ मेगावाटको बलेफी हाइड्रोपावर सञ्चालनमा छ भने ४६ मेगावाटको अपर बलेफी निर्माणाधीन छ।

त्यस्तै, २० मेगावाटको सौर्य आयोजना सञ्चालनमा आइसकेको छ। नेपाल विद्युत् प्राधिकरणले गरेको प्रतिस्पर्धात्मक बोलकबोलमार्फत समूहले १७० मेगावाट क्षमताको सौर्य आयोजनाको कोटा प्राप्त गरेको छ। यसअन्तर्गत रोल्पामा ५० मेगावाटको ठूलो सौर्य प्लान्ट अघि बढाउने तयारी भइरहेको छ।

अनुमति प्रक्रियामा वातावरणीय अध्ययन मुख्य चरण

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया झन्डै तीन वर्षदेखि अघि बढिरहेको छ। आयोजना निकुञ्जको कोर क्षेत्रमा नपरी बफर जोनमा मात्र पर्ने भए पनि नीतिगत अस्पष्टता र सरकारी प्रक्रियागत ढिलाइका कारण वातावरणीय अध्ययन स्वीकृतिमा समय लागेको कम्पनीको भनाइ छ।

प्रस्तावित आयोजनाको डिजाइन बहाव ९०.२ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४२०.३५ मिटर रहनेछ। आयोजनाबाट वार्षिक औसत १,६२९.२५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

आयोजनाका मुख्य संरचना मुगु कर्णाली नदीको बायाँ किनारमा रहनेछन्। यसमा ६२ मिटर लामो र २७ मिटर अग्लो ब्यारेज, साइड इन्टेक, भूमिगत सेटलिङ बेसिन, १६ हजार २८७ मिटर लामो हेडरेस टनेल, सर्ज साफ्ट, ५ मिटर व्यासको पेनस्टक पाइप तथा सतहमै रहने विद्युत् गृह निर्माण गरिनेछ।

विद्युत् गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ। उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेसनमा जोडिनेछ।

कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

आयोजना निर्माण र सञ्चालनका क्रममा तल्लो तटीय क्षेत्रको जलचर तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक न्यूनतम वातावरणीय पानी निरन्तर छाडिने कम्पनीको प्रतिबद्धता छ। विद्युत् ऐनअनुसार वातावरणीय प्रतिकूल असर नपर्ने गरी काम अघि बढाइने जनाइएको छ।

विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ। आयोजना निर्माण तथा सञ्चालनबाट स्थानीय क्षेत्रमा पर्न सक्ने प्रभावबारे सरोकारवालाले सूचना प्रकाशित भएको ३५ दिनभित्र विभाग वा कम्पनीको कार्यालयमा लिखित राय–प्रतिक्रिया दिन सक्नेछन्।

उक्त अवधिभित्र आयोजना निर्माणविरुद्ध कुनै दाबी–विरोध वा गम्भीर नकारात्मक प्रतिक्रिया नआए विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अघि बढाउनेछ।

ऊर्जा क्षेत्रमा गोल्यान समूहको आक्रामक लगानी

गोल्यान समूहले पछिल्लो समय ऊर्जा क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। समूहको पोर्टफोलियोमा हाल जलविद्युत् र सौर्य गरी ७०० मेगावाटभन्दा बढी क्षमताका आयोजना रहेका छन्।

समूहसँग जलविद्युत्तर्फ मात्र करिब ५२० मेगावाटको पोर्टफोलियो रहेको छ। यसमा ३६ मेगावाटको बलेफी हाइड्रोपावर सञ्चालनमा छ भने ४६ मेगावाटको अपर बलेफी निर्माणाधीन छ।

त्यस्तै, २० मेगावाटको सौर्य आयोजना सञ्चालनमा आइसकेको छ। नेपाल विद्युत् प्राधिकरणले गरेको प्रतिस्पर्धात्मक बोलकबोलमार्फत समूहले १७० मेगावाट क्षमताको सौर्य आयोजनाको कोटा प्राप्त गरेको छ। यसअन्तर्गत रोल्पामा ५० मेगावाटको ठूलो सौर्य प्लान्ट अघि बढाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.