सोमबार, श्रावण १८,२०८३ 06:05:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:05:27
Bizshala
Global IME Bank Limited

गणेश नेपालीको मृत्युपछि माइतीघरमा युवा आक्रोश, सरकार र बालेनविरुद्ध नाराबाजी

गणेश नेपालीको मृत्युपछि माइतीघरमा युवा आक्रोश, सरकार र बालेनविरुद्ध नाराबाजी
New Office

 

काठमाण्डौ । राइड सेयरिङ चालक गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

‘बालेन, तिम्रो झिकैझिकै माया गणेशको आत्मदाह थियो’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका युवाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।

प्रदर्शनकारीहरूले गणेशको मृत्युका लागि राज्यका जिम्मेवार निकाय उत्तरदायी रहेको आरोप लगाउँदै सरकार र काठमाडौं महानगरपालिकाविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा ‘राज्य आतंक मुर्दावाद’, ‘बालेन, के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो?’ र ‘हत्यारा सरकार मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार गम्भीर अवस्थामा फेला परेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो।

घटनापछि परिवार तथा प्रदर्शनकारीहरूले उनले भोगेको भनिएको दुर्व्यवहार र मानसिक दबाबबारे सत्यतथ्य सार्वजनिक गर्न तथा घटनासँग सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.