शनिबार, श्रावण ३०,२०८३ 10:18:04
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 10:18:04
Bizshala
Global IME Bank Limited

लगानी सम्मेलनको पहिलो दिन भए दुई सम्झौता

Prabhu Bank Limited
लगानी सम्मेलनको पहिलो दिन भए दुई सम्झौता
New Office

काठमाण्डौ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटनमै दुई सम्झौता भएको हो ।  

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिज अपफ मलेसिया (एनआईसीसी)बीच ब्यापार र लगानी प्रबर्द्धनका लागि सम्झौता भएको हो ।  

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

त्यस्तै, नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच पनि सम्झौता भएको छ । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे द्धिपक्षीय सम्झौता भएको हो ।  

CG Motors

बीएलसी होल्डिङ्सका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डाटा सर्भिसेज सेन्टरका सीईओ सुनिल गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

आइतबारदेखि राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ५५ भन्दा बढी देशका प्रतिनिधीहरु सम्मलेनमा सहभागी छन् । सम्मेलनमा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरका कम्तीमा चारवटा परियोजनाको विकास र कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.