आईतवार, असार २८,२०८३ 07:00:52
Bizshala
  • आईतवार, असार २८,२०८३ 07:00:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा ३ सय अर्ब ब्यारेल तेल तथा ग्यासको भण्डार रहेको खुलासा, यो कम्पनीले गर्दैछ ठूलो लगानी

Laxmi Sunrise Bank Limited
भारतमा ३ सय अर्ब ब्यारेल तेल तथा ग्यासको भण्डार रहेको खुलासा, यो कम्पनीले गर्दैछ ठूलो लगानी

काठमाण्डौ । भारतको प्रमुख बहुराष्ट्रिय कम्पनी बेदान्ताले देशको उर्जा सुरक्षालाई बलियो बनाउने उद्देश्यसहित दैनिक ५ लाख ब्यारेल कच्चा तेल तथा ग्यास उत्पादन गर्ने आफ्नो महत्वाकांक्षी लक्ष्यलाई पुनः दोहोर्याएको छ। कम्पनीको यो योजना भारतलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम बन्न सक्ने अपेक्षा गरिएको छ।

हाल भारतले आफ्नो कुल तेल र ग्यास आवश्यकताको करिब ९० प्रतिशत हिस्सा विदेशबाट आयात गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि वा आपूर्ति अवरोध हुँदा यसको प्रत्यक्ष प्रभाव भारतीय अर्थतन्त्रमा पर्ने गरेको छ। यस्तो अवस्थामा घरेलु उत्पादन वृद्धि गर्नु भारतका लागि रणनीतिक आवश्यकता बनेको छ।

भारतमा ३०० अर्ब ब्यारेल बराबरको हाइड्रोकार्बन स्रोत रहेको दाबी

वेदान्ताका अनुसार भारतमा करिब ३०० अर्ब ब्यारेल बराबरका विशाल हाइड्रोकार्बन स्रोत (कच्चा तेल र प्राकृतिक ग्यास) उपलब्ध छन्। कम्पनीको तेल तथा ग्यास शाखाले आधुनिक प्रविधि र तीव्र अन्वेषणमार्फत यी स्रोतको उपयोग गर्ने योजना अघि बढाएको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले नयाँ प्रविधिको प्रयोग, खोजी कार्य विस्तार र उत्पादन क्षमता वृद्धि गर्दै भारतको घरेलु ऊर्जा उत्पादन बढाउने लक्ष्य राखेको जनाएको छ।

वेदान्ताका अध्यक्ष अनिल अग्रवालले उर्जा क्षेत्रमा आत्मनिर्भरता भारतको आर्थिक विकासका लागि अत्यन्त आवश्यक रहेको बताएका छन्।

उनका अनुसार देशभित्र उत्पादन हुने प्रत्येक ब्यारेल तेलले अर्थतन्त्रलाई मजबुत बनाउने, विदेशी निर्भरता घटाउने र राष्ट्रिय शक्ति बढाउने काम गर्छ। भारतसँग पर्याप्त प्राकृतिक स्रोत र विश्वस्तरीय प्राविधिक जनशक्ति रहेको उनले उल्लेख गरेका छन्।

भारतका धेरै समुद्री तथा स्थल क्षेत्रहरूमा अझै व्यवस्थित रूपमा तेल र ग्यासको खोजी हुन बाँकी रहेको जनाइएको छ। भारत सरकारले राष्ट्रिय गहिरो पानी अन्वेषण अभियानअन्तर्गत गहिरा तथा अति गहिरा समुद्री क्षेत्रहरूलाई तेल तथा ग्यास खोजीका लागि खुला गर्दै आएको छ। यस पहलसँगै आगामी दशकको अन्त्यसम्म भारतको ऊर्जा क्षेत्रमा करिब ५०० अर्ब अमेरिकी डलरसम्मको लगानीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चार राज्यमा फैलिएको वेदान्ताको तेल तथा ग्यास नेटवर्क

वेदान्ता अयल एन्ड ग्यासको सञ्चालन नेटवर्क भारतका राजस्थान, गुजरात, असम र आन्ध्र प्रदेशमा फैलिएको छ। कम्पनीसँग करिब ४७ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका ४४ वटा अनशोर र अफशोर ब्लकहरू रहेको बताइएको छ।

यी क्षेत्रमा परम्परागत तथा गैर-परम्परागत प्रविधिमार्फत तेल र ग्यास उत्पादन तथा अन्वेषण कार्य सञ्चालन भइरहेको छ।

वेदान्ताको यो योजना सफल भएमा भारतको ऊर्जा आयातमा निर्भरता घटाउन, विदेशी मुद्रा बचत गर्न र देशको दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.