काठमाण्डौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोनइ.मास ५ को बुकिङ खुला गरेको छ भने आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै “गेस एंड बुकद अल न्यु इ.मास५ एट योर प्राइस” नामक विशेष योजना सुरू गरेको छ ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इ.मास ५को आधिकारिक बजारमूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् ।कम्पनीले तोकेकै लन्चमूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन्।
यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइट (https://emas5predict.proton-nepal.com/ )मा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन्। मूल्य अनुमानका लागि ‘इ.मास ५ प्राइम’ भेरियन्टको दायरा रू. २९.९९ लाख देखि रू. ३४.९९ लाख सम्म तोकिएकोछ भने ‘प्रिमियम’ भेरियन्टको दायरा रू. ३४.९९ लाख देखि रू. ३९.९९ लाख सम्म निर्धारण गरिएको छ ।
कम्पनीले उल्लेख गरेअनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्ट बाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ। विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन्।
यसै बीच जगदम्बा मोटर्सले रू. १ लाख बुकिङ रकम तोकेर प्रोटोन इ.मास ५ को बुकिङ समेत खुला गरेको छ । ग्राहकहरूले बैंक अथवा अनलाइनमार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्नसक्ने कम्पनीले जनाएको छ अथवा सोहि साईटमा गएर भौचर आप्लोड गरि बुक गर्न सक्नेछन्। सो साईटमा गएर बूकिंग गरेका ग्राहकको बूकिंगलाई आधार मानेर लकि ग्राहक छानिनेछन्।
प्रोटोन र जिलीको सहकार्यमा विकास रउत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफद यिअर २०२६’ को उपाधी हासिल गरेको थियो । कम्पनीका अनुसार इ.मास ५नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ। यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ ।

