आईतवार, आश्विन २५,२०८३ 01:06:33
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:06:33
Bizshala
Global IME Bank Limited

महिला उद्यमीसँग नीतिगत सुधारबारे छलफल गर्दै प्रधानमन्त्री बालेन

Bizshala
महिला उद्यमीसँग नीतिगत सुधारबारे छलफल गर्दै प्रधानमन्त्री बालेन
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन तथा नीतिगत सुधारका विषयमा छलफल गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता बढाउने, महिला उद्यमीले भोगिरहेका समस्या समाधान गर्ने तथा उद्यममैत्री नीति निर्माण गर्ने विषयमा संवाद हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

CG Motors
Muktinath Bikas Bank Limited

महासंघका प्रतिनिधिहरूले महिला उद्यमीका लागि वित्तीय पहुँच सहज बनाउनुपर्ने, व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा प्रशासनिक अवरोध हटाउनुपर्ने र महिला नेतृत्वका उद्योगलाई थप प्रोत्साहन गर्नुपर्ने विषय उठाउने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.